back
CTIZAN AD

युएईमा नेपाली र बंगलादेशी कामदारबीच झडप, केही नेपाली घाईते

वि.सं.२०७७ वैशाख ३१ बुधवार

681 

shares

३१ बैशाख, युएई । नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् ।

दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झडप भएको हो । झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चोट लागेको छ भने अन्य केही नेपालीको शरीरमा नीलडाम बसेको छ ।

नेपाल फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो । तीनै कामदार नेपाल जान नपाउँदा थप आक्रोशित हुने, डिप्रेसनमा जाने तथा जाँड रक्सी खाएर समस्या सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ ।

दुई दिन पहिले जाँड रक्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हातपात गर्दै गेटपालेलाई कुटेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होहल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कुटपिट गरेपछि झडप भएको हो ।

कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिटिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् । क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कुटेकोले शरीरमा सुम्ला उठेको, नीलडाम बसेको पीडितहरुले बताएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै एनआरएन यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुगेका थिए । उनीहरुको रोहबरमा नेपालीहरुलाई सम्झाइबुझाइ गरिएको थियो ।

दुबई प्रहरीले वर्तमान समयमा संयमित हुन भन्दै घटना दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । कामदारले कम्पनीका म्यानेजर सुपरभाइजरले कुटेको भने पनि मन्सुर नाम गरेका एक बंगलादेशी कामदारले कुटेको प्रहरीलाई उद्धृत गर्दै एनआरएन यूएईका उपाध्यक्ष शेर्पाले उज्यालोलाई जानकारी दिएका छन् ।

झडप भएको मजदुर शिविरमा झन्डै ३ सय धेरै नेपाली कामदर बस्दै आएका छन् । त्यस कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएई नेपाली समाज अन्तरगतका संघसस्थाहरुले राहत दिँदै आएका छन् ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०९:४६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...