back
CTIZAN AD

सिसेल्समा मृत्यु भएका नेपाली युवाको दाहसंस्कार सम्पन्न

वि.सं.२०७७ वैशाख ३१ बुधवार

738 

shares

३१ बैशाख, सिसेल्स । अफ्रिकी देश सिसेल्समा मृत्यु भएका एक नेपाली युवाको सिसेल्समै दासंस्कार गरिएको छ ।

हृदयघातका कारण २२ मार्चमा मृत्यु भएका बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको आज (१३ मे) बिहान दाहसंस्कार गरिएको एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले संसारन्युजलाई जानकारी दिएका छन् ।

सिसेल्सस्थित सनसाइन प्रोपटीज कम्पनीमा सेक्युरेटी गार्डका रुपमा कार्यरत श्रेष्ठको मृत्यु भएपछि हालको परिस्थितिलाई मध्येनजर गर्दै मृतकका परिवार र सम्बन्धीत कम्पनीको सहमतिमा श्रेष्ठको सिसेल्समै दाहसंस्कार गरिएको हो ।

सदा झै कामबाट फर्किएर नुहाइ धुवाइ गरेपछि केहीबेर आराम गरेर ट्वाइलेट गएका श्रेष्ठ त्यहि ढलेका थिए । ट्वाइलेटबाट ठूलो आवाज आएपछि उनीसँगै रहेक नेपाली साथीहरु त्यहाँ पुगेर हेर्दा लडेको अवस्थामा फेला परेका थिए । उनलाई बाहिर निकाल्दासम्म उनको ज्यान गइसकेको थियो । तत्कालै आएको प्रहरीले उनलाई सरकारी अस्पताल लगेको थियो । तर, उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जानकारी दिएको थियो ।

सिसेल्समा मृत्यु भएर त्यहि दाहसस्ंकार गरिएका श्रेष्ठ पहिलो नेपाली होइनन्, यसभन्दा अगाडि २०१९ मा मृत्यु भएक नवलपुरका सिम बहादुर गुरुङको पनि त्यहि दाहसंस्कार गरिएको थियो । गुरुङको मुसाबाट सर्ने रोगका कारण मृत्यु भएको थियो ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:५० मा प्रकाशित

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...