१ जेठ, काठमाडौं । धितो पत्र बोर्डले गत वैशाख अन्तिम साता जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । गत वैशाख २४ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार काठमाडौंमा बन्दाबन्दि केहि खुकुलो बनाउने सन्दर्भमा धितोपत्र बोर्ड माताहातका कार्यालयहरुलाई कार्यालय प्रयोजनका लागि जारी गरेका सबै सवारी पास रद्द गरेको हो ।
बोर्डका अनुसार नयाँ सवारी पासका लागि बिहिबारदेखि जारी गरिएका पास मात्र मान्य हुने बोर्डले जारी गरेको बिज्ञप्तिमा जानईएको छ । यस अघि बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टकलाई निर्देसन दिएको थियो ।

वि.सं.२०७७ जेठ १ बिहीवार १६:०६ मा प्रकाशित



























