back
CTIZAN AD

विदेशबाट उद्धारका लागि गम्भिर छलफल, खाडी र भारतको तयारी हुँदै

वि.सं.२०७७ जेठ १ बिहीवार

1.2K 

shares

१ जेष्ठ, काठमाडौँ । कोभिड –१९ को महामारीका कारण विदेशमा अलपत्र रहेका नेपालीहरुको उद्धारका बारेमा पुनः गम्भिर छलफल भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवास समन्वय कमिटीको संयोजनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रममन्त्री रामेश्वय राय यादवसहित नेकपा प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाइ, सचिव श्रीप्रसाद शाह र सदस्य तील विश्वकर्माको उपस्थितिमा भएको सो बैठकले भारत प्रवास र तेस्रो मुलुकमा रहेका नेपालीका समस्या एवम् उद्धार प्रक्रियाका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले यसअघिका छलफल र अनुरोध भन्दा आजको बैठक बढी उद्देश्यमुलक र व्यवहारिक भएकाले अलपत्र परेका नेपालीको उद्धार छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । संसारन्यूजसँग कुरा गर्दै उनले भने ‘सरकारको आन्तरिक प्रयासका विषयमा समेत महत्वपूर्ण कुराकानी भएकाले धैर्यता र सावधानीपूर्वक उद्धार हुनेमा हामी विश्वस्त छौँ ।’

स्मरण रहोस् भारतबाट १ लाख बढीको संख्यामा नेपाली फर्कन तम्तयार भैसकेका छन् भने खाडी लगायतका अन्य देशबाट ६ लाख बढीले आतुरता देखाउँदै नाम दर्ता गरिरहेका छन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार १६:१७ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...