back
CTIZAN AD

एनआरएन अष्ट्रियाले बुझायो भारतीय दूतावासमा विरोधपत्र

वि.सं.२०७७ जेठ १ बिहीवार

705 

shares

१ जेठ, अष्ट्रिया । एनआरएनए अष्ट्रियाले भारतले नेपाली भूमिमा गरेको हस्तक्षेप र तत्कालै निर्माण गरेको सडक सम्बन्धी गम्भीर ध्यानाकर्षण भएको भन्दै भियनास्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्ग निर्माण गरेर त्यसको उद्घाटन समेत गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको र भारतको उक्त कदमको विरोध गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भारतको यस कदमको बिरोध गर्दै मे ११ मा जारी गरेको ज्ञापनपत्रलाई महासचिव हेमराज शर्माले सम्बन्धीत देशका एनआरएनए एनसीसीमार्फत् तत् देशका भारतीय दूतावासमा बुझाउन दिएको निर्देशन अनुसार एनसीसी अष्ट्रियाले उक्त ज्ञापनपत्र भियनास्थित भारतीय दूतावासमा बुझाएको हो ।
राष्ट्रिय समन्वय परिषद (एनसीसी) अष्ट्रियाले भारतको हेपाहा प्रवित्तिको खुलेरै विरोध गर्नुपर्छ भन्ने निष्कर्षसहितको उक्त वक्तव्यप्रति ऐक्यवद्दता जनाउँदै इमेलमार्फत् भारतीय राजदुतावासमा पठाएको बताएको छ ।
भारतीय राजदूतावासमा ईमेलद्वारा उक्त पत्र पठाएपछि एनसीसी अष्ट्रियाकी महासचिव भवानी तिवारीले पत्रको प्रतिसहित मे १४, २०२० मा जानकारी गराएको संघले जनाएको छ ।

वि.सं.२०७७ जेठ १ बिहीवार १८:४८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...