back
CTIZAN AD

जिपी फाउण्डेशन अमेरिकाद्वारा निःशुल्क रुपमा खाद्य सामग्री वितरण

वि.सं.२०७७ जेठ १ बिहीवार

666 

shares

१४ मे । गीरीजा प्रसाद कोइराला (जिपी)फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क खाद्य सामग्री वितरण गरेको छ।

न्युयोर्क शहरको क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि सँग सहकार्य गरी फाउण्डेशनले मई १३ को दिउसो १ बजेबाट सुरु गरेको निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा ४० मिनेट भित्र सबै खाद्यान्नहरु समाप्त भएको थियो।

६ फीटको दुरीमा लाईन लागेर प्राथमिकताका आधारमा वितरण गरिएको उक्त खाद्य सामग्रीहरु नेपाली लगायत ७ समुदायका मानिसहरु गरी जम्मा १५० जनालाई फाउण्डेशन कै न्युयोर्कस्थित कार्यालय अगाडीबाट वितरण गरिएको थियो।

हस्तान्तरण कार्यक्रमको उद्घाटन गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले पहिलो लाइनमा बसेकालाई खानेकुराको बक्स दिएर गरेका थिए ।

५० वटा (उबर ईट्स) खाना को कुपन पनि सोही अवसरमा बाँडीएको थियो। प्रत्येक कुपनबाट २५ डलर बराबरको मुल्यमा खाना लिन पाईने बताइएको छ । जम्मा १२५० डलरको कुपन सहयोग एसेमब्ली मेम्बर माईकल डेनडेक्कर ले उपलब्ध गराएको फाउण्डेसनका अध्यक्ष घिमिरेले बताए ।

फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, नेपाल ट्रेड युनियन काग्रेंस की पुर्व केन्द्रीय सदस्य कमला पन्त, नेजस न्युयार्कका सचिव अनील पाण्डे र क्लिनिकल सामाजिक कार्यकर्ता एवम् द्विभाषी चिकित्सक प्रीयंका थापा स्वयंसेवकका रुपमा खटेका थिए ।

सो कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, नेवि सघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटाहरुको पनि उपस्थिति रहेको थियो।

गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रमलाई सहयोग पु¥याउने क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्करलाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गरेको छ।

वि.सं.२०७७ जेठ १ बिहीवार १९:०५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...