back
CTIZAN AD

तराईका जिल्लामा २ सय शैथ्याको आइसोलेशन बनाउने प्रदेश ५ को निर्णय

वि.सं.२०७७ जेठ ३ शनिवार

738 

shares

३ जेठ,परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना सङ्क्रणको महामारीलाई ध्यानमा राखी प्रत्येक जिल्लामा आइसोलेशन सेन्टर बनाइने बताउनुभएको छ । तराईका जिल्लामा २०० शय्या र पहाडी जिल्लामा कम्तीमा ५० शय्याको आइसोलेशन सेन्टर बनाउने प्रदेश सरकारले निर्णय गरेको उनले बताएका छन् ।

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा कोभिड –१९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा भइरहेका पहल र आगामी रणनीतिका विषयमा आज सुनवलमा सरोकार पक्षसँग छलफल गर्दै मुख्यमन्त्री पोखरेलले भने, “कोरोना सङ्क्रमित बढ्दै जाँदा कोभिड अस्पतालमा क्षमता कम रहेकाले लक्षण नदेखिएका सङ्क्रमितलाई आइसोलेशन सेन्टरमा र लक्षण देखिएकालाई कोरोना विशेष अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ, तपाईहरु भोलिदेखि नै उचित ठाउँमा आइसोलेशन सेन्टर बनाउन लाग्नुस् ।”

कोरोना सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउँदै मुख्यमन्त्री पोखरेलले आइसोेलेशन सेन्टरमा हुने खानपानलगायत नियमित खर्च प्रदेश कोभिड कोषबाट उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीका कारण प्रभावित अतिविपन्न नागरिकलाई सिँत्तैमा नभई रोजगारीमा आधारित राहत प्रदान गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे । उनले कोभिड –१९ विरुद्धको सङ्घर्षसँगै उत्पादनलाई जोड दिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “सामाजिक दूरी कायम गरी कृषि कार्यलाई अगाडि बढाउन प्रेरित गर्नुहोस्, राजनीतिक दलले स्थानीय तहले गरेका कोरोना नियन्त्रणमा गरिरहेका काममा सहयोग गर्नुहोस्, स्थानीय तहले पनि दलसँग आवश्यक सल्लाह लिनुहोस्, यो प्रतिस्पर्धा गर्नेभन्दा सहकार्य गर्ने बेला हो ।”

उक्त अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल तथा सातै स्थानीय तहका प्रमुखले जिल्लामा कोरोना नियन्त्रणमा भइरहेका प्रयासबारे जानकारी गराउँदै शङ्कास्पदको पिसिआर परीक्षणको दायरा बढाउन माग गरेका थिए । रासस

वि.सं.२०७७ जेठ ३ शनिवार २०:३४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...