back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च स्पेनले मनायो मदन-आश्रित स्मृति दिवस

वि.सं.२०७७ जेठ ३ शनिवार

876 

shares

६ मे, बार्सेलोना, स्पेन । प्रवासी नेपाली एकता मंच, स्पेन (ONUF-Spain) ले २७ औं मदन –आश्रित स्मृति दिवस तथा पार्टी एकता दिवस मनाएको छ ।

२०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा परी दिवंगत भएका तत्कालीन एमाले महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्न तथा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निर्माण भएको उपलक्ष्यमा कोभिड १९ को लकडाउनका कारण अनलाइन स्काइप मार्फत मन्चका पदाधिकारी एवम् मन्चप्रति आस्थावान व्यक्तित्वहरुको उपस्थितिमा सो दिवस मनाइएको हो ।

प्रवासी नेपाली एकता मंच,स्पेनका अध्यक्ष हेम शेर्पाको अध्यक्षता एवं प्रवासी नेपाली एकता मंच, स्पेनका वरिष्ठ नेता पुष्पराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवातमा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनेट मौन धारणा गरिएको थियो ।

अन्लाइन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले जननेता मदन भण्डारीलाई सम्झंदै तत्कालीन अवस्थामा पार्टीलाई एक ढिक्का बनाई लग्नुको विकल्प नरहेको र सरकारले जनमुखी काममा अघि बढेकोमा प्रशंसा गरेका थिए ।

मन्चका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा विशेष अतिथिहरु गंगा प्रसाद भुषाल, मुक्त बहादुर गुरुङ, दिनेश गुरुङ, श्याम खनाल, सुनील रानाभाट लगायतका वक्ताहरुले संगठनमा आवद्ध सबैले जननेता भण्डारीले देखाएको बाटो र सान्दर्भिक भनाईहरूलाई आत्मसाथ गर्दै पार्टी एकतालाई मजबूत पारी अघि बढ्नु पर्ने बताएका थिए । उनीहरुले पार्टी र सरकारले एक भएर जनमतको कदर गरी जनपक्षीय कामहरूलाई प्राथमिकताका साथ गर्नुपर्ने र हालै छिमेकी भारतले मिचेको भूमि अन्तर्राष्ट्रीय अदालतमा पुर्याएर भएपनि फिर्ता गर्न जोड़दार रूपमा सरकार लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

मन्चका सचिव अशोक किरण न्यौपानेले कार्यक्रम संचालन गरेका थिए भने सदस्य विशाल ढुंगानाले स्वागत मन्तव्य राखेका थिए ।

वि.सं.२०७७ जेठ ३ शनिवार २०:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...