back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ ३ शनिवार

1.2K 

shares

मदन तिम्रो राजनीतिका नारा बेच्नेहरु !
ऐस आराम मस्तिमा छन सारा बेच्नेहरु !!

जबजको रटान लाउने हत्यारा पो हुन की !
सिंहदरबार जमिन भित्ता गारा बेच्नेहरु !!

बादशाह पनि घोडाबाट झार्नु पर्छ भन्थ्यौं !
कसलाई झार्नु आफ्नै नदी धारा बेच्नेहरु !!

सिद्धान्त र आदर्शका सफत बिर्सि आज !
सामन्त झैं शैली व्यवहार पारा बेच्नेहरु !!

राष्ट्रियता र समाजवाद चुनावी गीत बने !
सिमानाका पिलर खम्बा बारा बेच्नेहरु !!

खान बस्नसम्म नपाई सडक मै छन जनता!
भनौ कसलाई हाँसिमजाक दाह्रा बेच्नेहरु !!

ददिराम रिमाल बुद्धशान्ति -१, झापा

वि.सं.२०७७ जेठ ३ शनिवार १८:१३ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...