back
CTIZAN AD

बाल्टिमोरमा एक नेपालीको निधन

वि.सं.२०७७ जेठ ३ शनिवार

876 

shares

१६ मे, बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डस्थित क्रफ्टनमा बस्दै आएका बैकुण्ठ लामिछानेको निधन भएको छ ।

४८ वर्षीय लामिछानेको बुधवार राती बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा उपचाररत रहेकै अवस्थामा निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामिछाने जन्डिसबाट पीडित रहेको र उपचारमै रहेको बताइएको छ । उनी केही साता पहिले पनि अस्पतालमा पुगेका थिए । लामिछाने आफ्नी श्रीमती र छोरीका साथ विगत केही वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए । जन्डिसका कारण कलेजो र फोक्सो समेत ड्यामेज भएको र त्यही कारण निधन भएको बताइएको छ ।

उनको पुख्यौली थलो पर्वतको कुश्मा हो भने उनका परिवारका अन्य सदस्यहरु अहिले बसाई सराइ गरी चितवनमा बस्दै आएका छन् । लामिछाने १५ वर्ष देखि अमेरिकामा बस्दै आएका थिए ।

नेपाली मूलको पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा मेरिल्याण्ड राज्यका सांसद डेलिगेट ह्यारी भण्डारीले लामिछानेको दाहसंस्कारका लागि श्रोत जुटाउने र दाहसंस्काका लागि सहयोग गरेका थिए । ‘परिवारका सदस्य र छिमेकीहरुको अनुरोधमा’ आफूले सहयोग गरेको उनले बताए ।

डेलिगेट भण्डारी कोरोना संक्रमणका कारण न्यूयोर्कमा निधन भएका नेपालीहरुको दाहसंस्कारका लागि राज्यका सम्बन्धित सरकारी निकायसंग समन्वय गरी शवदाहको प्रबन्ध गराउन सक्रियतापूर्वक काम गरिरहेका छन् ।

क्रफ्टन आसपास बस्ने नेपालीहरुले लामिछानेकी श्रीमती र छोरीलाई सहयोग गर्न ‘फ्रेन्ड्स अफ क्रफ्टन’ मार्फत आर्थिक संकलन सुरु गरेका छन् ।

वि.सं.२०७७ जेठ ३ शनिवार १८:०४ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...