back
CTIZAN AD

दिने भए बिदा देउ

वि.सं.२०७३ पुस ९ शनिवार

1.2K 

shares

देउसीको सिजन त गैसक्यो पाठकवृन्द ! दीपावली २०७३ काटेर त्यसको लगत्तै आएको छठले पनि छाडेर सीमा काटिसकेको छ । तिहारमा भट्याउने ‘दिने भए सिधा देऊ, नदिने भए बिदा देउ’ । भट्याउनेले कर्के नजरको निधारमा नशा तन्काइ दियो, पाठकवृन्द ।
कहि नभाको जात्रा हाडिगाउँमा भनु भने हाडिगाउँ काठमाडौँको प्राचिन सम्पदा बोकेको साँस्कृतिक नगरी हो । अंशुवर्मा र मानदेव बसेको ठाउँ पनि त्यही हो भनिन्छ, पाठकवृन्द । त्यस्तो हाडिगाउँ रहेको काठमाडौँ शहर पनि महामहिम भारतीय राष्ट्रपतिका लागि १ दिन पुरै ठप्प भयो । हुन त हाम्रा नेता जाँदा दिल्लीका सडकमा पनि गाडी खाली गरेर आधा घण्टा रिफ्रेश गराउँछ रे भारतले । नेताहरूले भनेको पत्याउनै पर्यो । कहिले बिदा दिने, कहिले नदिने अलमलका बीच यो पटक बिदा दिएको भन्ने तर्क पनि बलियो नै रह्यो, पाठकवृन्द ।
जे भएपनि भारत भनेको ठूलै राष्ट्र हो क्यारे पाठकवृन्द । हाम्रा विद्या म्याडम दिल्ली पुग्दा भारतले हर्ष बढाईं गरेको खबर पाउने नै छौँ । दिल्लीले १ दिन सारा कामकाज ठप्प पार्ने छ र नेपालको गुण तिर्नेछ । आउनुस् १ पटक फेरि देउसी खेलौँ । हामीलाई दिने भनेको सहयोग अनुदान सिधा देउ ……(किन घुमाइरहन्छौ….?) नदिने भए बिदा त देउ ! हाम्रो हाड त हाँस्छ कमसेकम । कि कसो पाठकवृन्द ।

वि.सं.२०७३ पुस ९ शनिवार ०४:२० मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...