back
CTIZAN AD

बिल्दीउ“ बनाइदेउ डिडी

वि.सं.२०७३ पुस ९ शनिवार

1.1K 

shares

थानकोटबाट मच्छेगाउँ आउँदा एउटा २२–२३ वर्षे ठिटोले सुराको तालमा मुरली बजाउँदै धुन निकाल्यो……बिल्दीउँ बनाइदेउ डि..डी ….बिल्डीउँ बनाइडेउ….. !
कर्के नजरलाई उसको भाषा र लय बुझ्न एकछिन त हम्मेहम्मे पर्यो तर उसलाई सोधेर चित्त बुझाउन खोज्दा खाली एकोहोरो गितको रटान मात्रै आयो । मलाई ‘चिया’ र उसलाई ‘सिया’ दिएकी होटलवाली दिदीले भनिन् …..भुईंचालोले भत्केको घर बनेको छैन…..दिमाग अलि अलि फुस्केको छ……। नखाउ भन्दा मान्दैन …दिन्न भन्दा पिटँुला जस्तो गर्छ । हप्ता १५ दिनमा गीतको टुक्का र भाका फेर्छ । पत्रिकामा जे चर्चा हुन्छ त्यहि बनाउँछ के यसले । ३ दिन अघि मात्र मलाई सुजताको फोटो देखाएर हाँस्दै थियो ….।
कर्के नजरले स्मरण गर्यो, हो त सुजाता कोइरालाले भूकम्पले भत्केका एक हजार घर व्यक्तिगत रुपमा बनाइदिन्छु भनेको त हो नी ! त्यसो भए यसले बिल्डीङलाई बिल्दीउँ र दिदीलाई डि डी भनेको रहेछ । कुपोषण भएका बच्चाहरूको नाङ्गो फोटो सार्वजनिक भई रहेको, स्वास्थ्यमन्त्रीले सहमति नजनाएको भनिएको र सुजाताको क्षमता र सम्पत्ति चिन्ने जान्नेले नपुगेर मागेको होइन, सरकारको माया मात्र जाँच गरेको पनि भनिरहेका छन् ।
कर्के नजर पनि यहि चाहान्छ, पाठकवृन्द । उनले बाजे र बाबुको सद्भाव जोडेर आफूप्रति देशले दिने माया जाँच्नलाई मात्र पैसा मागेको कुरो होस् । पैसो आइहाले पनि भत्केको घर बनाउने सुजाता दिदीको फण्डमा जम्मा होस्, उता दिदी निको हुँदै गएको खबर पाइयोस्् भने यता धमाधम घर ….ठडिँदै चिसोबाट कठ्याङग्रीएकालाई बस्ने ठाउँ थपिँदै जावोस् । होइन त पाठकवृन्द !

वि.सं.२०७३ पुस ९ शनिवार ०४:२३ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...