back
CTIZAN AD

देउन तलब, बढाउन ढुकुटी

वि.सं.२०७३ पुस ९ शनिवार

1.2K 

shares

माननीय सांसदहरूको तलब बढाउने मागमा ऐक्यबद्धता दह्रो देखियो पाठकवृन्द । हालसालै सांसदहरूको सुविधा सम्बन्धि छलफल हुँदा एक दुई खान पुग्ने बाहेक अरु सबैको एउटै जोड रह्यो….यतिले कहाँ पुग्छ तलब बढाइदेउ…. !
उता संसदमा तलब बढाइदेउ भन्दै सांसदहरूको नाराबाजी, यता सडकमा ढुकुटी बढाइदेउ भन्दै जनताको खबरदारी । हुनत जनताको के लाग्थ्यो र यो मुलुकमा ! परिवर्तन चाहिने…नेताहरूलाई सत्तामा पु¥याइदिने र सांसदलाई भत्ता खुवाउने काम न हो जनताको । तथापी महङ्गीले सांसद पनि थला पर्नु त भएन नी पाठकवृन्द । जतिदिन्छौँ देउ तर ढुकुटी हेरेर देउ । ढुकुटी बढाएर अरु थपे पनि त हुन्छ । खानेहरूले ढुकुटीको पनि चिन्ता मान्नु पर्यो नी ! कसरी ढुकुटी बलियो हुन्छ गम्नु पर्दैन र !
हुनत हो बिचरा माननीयहरूलाई । “आर यु पार्लियामेन्ट, ह्वाइ यु राइडिङ दिस बस ! हाउ मच वोण्डरफुल थोत्रो कोट…” आदि इत्यादी भनेर जनताले सोध्दा लाजले भुतुक्क हुने बिचरा माननीयहरूलाई तलब त बढाउनै पर्यो नी पाठकवृन्द ! होइन र ?

वि.सं.२०७३ पुस ९ शनिवार ०४:२४ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...