back
CTIZAN AD

लालगुलामी जिन्दावाद 

वि.सं.२०७३ पुस ९ शनिवार

1.1K 

shares

स–साना उमेरदेखि झण्डा बोकेर लाइनमा हिड्ने गरेको यो कर्केनजरलाई जिन्दावाद र मुर्दावादको पुरानो आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ,पाठकवृन्द । भाषा र अर्थ बुझेको भए त सत्य सत्य ! कसरी बुझ्नु जे घोकाइन्थ्यो, त्यहि भनिन्थ्यो । ठूलो स्वरले बोल भन्दा ठूलो स्वरले । सानो स्वरले भन्दा सानो स्वरले । बरु मलाई आमाले ‘झिनुवाको भात’ भनेर कुरा गरेको याद आउँथ्यो । यो जिन्दावाद र झिनुवाको भात उस्तै…. आवाज जाँच्न खोज्थे तर कति के मिल्दैनथ्यो छोडिदिन्थे… । अहिले पनि पाठकवृन्द जिन्दावाद र मुर्दावादको खास उत्पति र मौलिकता बारे थाहा छैन । कहिलेकाहिँ उत्तरप्रदेशको मुरादावाद सँग मुर्दावाद जोड्न मन लाग्छ । कार्तिकको पछिल्लो हप्ता घुम्दै फिर्दै बाटाँ हिड्दै थिएँ, पाठकवृन्द । नेपालगञ्जका नेरेन्द्रजंग हिटर (हुनत थर दु…लाल हो की जस्तो मान्थे । यो कर्के नजरले २०४६ देखि २०५३÷०५४ सम्म फोन नं ०८१–५२००९४ मा फोन गरेर अरुका वाल पु¥याइदिने गर्दथ्यो । नरेन्द्रजंग अनि पिटर के भनेको होला भन्थे)का कुरा सुन्दा र गम्दा हिटर जस्तो तताउने मुन्छे लाग्थ्यो । कात्र्तिकको तेस्रो साता तिनै दुलाल, हिटर र पिटरसँग जम्काभेट भयो । परिवर्तनका नायक भनिनेहरूको बारे थोेरै कुरा चल्दासाथ बुढाले जंगिएर भने अब ‘लाल गुलाम’हरू थपिँदैछन् । लाल गुलामीका लागि कलाको विकास गर्न सके टिक्नु हुन्छ नसके कुन्नी ! उनले मलाई नै भने ।
बुढाले अर्ति त दिए कर्केनजरले बाटामा गम्यो पनि । हो, कालोलाई सेतो भन्नै पर्ने, खराबलाई असल ठान्नै पर्ने सत्य कुरा बोल्न डराउनै पर्ने हो त ! यहि पो हो रहिछ की लाल गुलामी ! कसो पाठकवृन्द ?

वि.सं.२०७३ पुस ९ शनिवार ०४:२४ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...