स–साना उमेरदेखि झण्डा बोकेर लाइनमा हिड्ने गरेको यो कर्केनजरलाई जिन्दावाद र मुर्दावादको पुरानो आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ,पाठकवृन्द । भाषा र अर्थ बुझेको भए त सत्य सत्य ! कसरी बुझ्नु जे घोकाइन्थ्यो, त्यहि भनिन्थ्यो । ठूलो स्वरले बोल भन्दा ठूलो स्वरले । सानो स्वरले भन्दा सानो स्वरले । बरु मलाई आमाले ‘झिनुवाको भात’ भनेर कुरा गरेको याद आउँथ्यो । यो जिन्दावाद र झिनुवाको भात उस्तै…. आवाज जाँच्न खोज्थे तर कति के मिल्दैनथ्यो छोडिदिन्थे… । अहिले पनि पाठकवृन्द जिन्दावाद र मुर्दावादको खास उत्पति र मौलिकता बारे थाहा छैन । कहिलेकाहिँ उत्तरप्रदेशको मुरादावाद सँग मुर्दावाद जोड्न मन लाग्छ । कार्तिकको पछिल्लो हप्ता घुम्दै फिर्दै बाटाँ हिड्दै थिएँ, पाठकवृन्द । नेपालगञ्जका नेरेन्द्रजंग हिटर (हुनत थर दु…लाल हो की जस्तो मान्थे । यो कर्के नजरले २०४६ देखि २०५३÷०५४ सम्म फोन नं ०८१–५२००९४ मा फोन गरेर अरुका वाल पु¥याइदिने गर्दथ्यो । नरेन्द्रजंग अनि पिटर के भनेको होला भन्थे)का कुरा सुन्दा र गम्दा हिटर जस्तो तताउने मुन्छे लाग्थ्यो । कात्र्तिकको तेस्रो साता तिनै दुलाल, हिटर र पिटरसँग जम्काभेट भयो । परिवर्तनका नायक भनिनेहरूको बारे थोेरै कुरा चल्दासाथ बुढाले जंगिएर भने अब ‘लाल गुलाम’हरू थपिँदैछन् । लाल गुलामीका लागि कलाको विकास गर्न सके टिक्नु हुन्छ नसके कुन्नी ! उनले मलाई नै भने ।
बुढाले अर्ति त दिए कर्केनजरले बाटामा गम्यो पनि । हो, कालोलाई सेतो भन्नै पर्ने, खराबलाई असल ठान्नै पर्ने सत्य कुरा बोल्न डराउनै पर्ने हो त ! यहि पो हो रहिछ की लाल गुलामी ! कसो पाठकवृन्द ?
वि.सं.२०७३ पुस ९ शनिवार ०४:२४ मा प्रकाशित