back
CTIZAN AD

फेरि राम्रो ‘म’ कै कुरा

वि.सं.२०७३ पुस ९ शनिवार

1.4K 

shares

khagendra sangroula

पुष्पकमल शासनका सय दिन सकिए । अर्थात सत्तामा पुष्पकमलको हनिमून काल तुरियो । माओवादी पाटी{बाहिर त पुष्पकमल सरकारले सय दिनमा भन्न र गन्न लायकको केही गरेन भन्ने मत थियो नै, प्वाक्क नभने पनि पार्टीभित्रको ठूलो जमातको मत पनि करिबन यस्तै थियो । मन्त्री बन्न पाएका एकाध भाग्यमानी जन र तलब–भत्ता कुम्ल्याउन पाएका दुई–चार सल्लाहकार÷सहयोगीले त प्रधानमन्त्रीको काम राम्रै–राम्रो छ भन्ने नै भए । ‘जसको सिता खाई उसको गुन गाई’ भन्ने त अहानै छ नि ।

आत्ममोहका कारण जसलाई पनि आपूm त राम्रै लाग्छ । साधुलाई पनि, चोरलाई पनि । जाँगरिलालाई पनि, अल्छीतीघ्रेलाई पनि । सत्यवादीलाई पनि, ढाँटलाई पनि । सदाचारीलाई पनि, भ्रष्टाचारीलाई पनि । तर लोकमा राम्रो भइन आप्mना वचन र कम{ले अरुका आँखामा राम्रो देखिनुपर्छ। शासनमा पुष्पकमलका सय दिन अर्थपूर्ण भए वा अथ{हीन भएर खेर गए ? यो कुरा भन्ने देखिजान्ने र भोगिजान्ने जनले हो । तर लोकले नराम्रो भन्ला भन्ने डरले होला, भन्न पुष्पकमल हत्तपत्त आफैँ अघि सरे । र, उनले आफ्नै हातले आफ्नो गलोमा पच्चीस किलोको माला पहिराउँदै भने— सय दिनमा मैले तीन सय दिनको काम गरेँ । जब सम्माननीयको यो कल्पित मूल्याङ्कन सुनेँ, म मनमनै कानसम्म मुख च्यातेर हाँसे । र, मलाई लाग्यो— पुष्पकमल सरकारले एक दिनमा एक दिन बराबरकै काम गरेका भए त यो सरकार सय दिन सुतेको सत्यै पो हुने रहेछ कि कसो ।

हिजोका कुरा गने{ हो भने पुष्पकमल छापामार जनका नेता हुन् । यिनमा छापामार शैलीको प्रभाव बडो गहिरो छ । त्यसैले त यिनले हिजोसम्मका ज्यानी दुश्मन केपी ओलीलाई छापामार शैलीमा ‘राष्ट्रवाद’को डोलीमा बोके । जसरी बोकेका थिए उसैगरी छापामार शैलीमा ओलीलाई बिसाए र ओली बसेको सत्ताको रिक्त आसनमा आफैँ गजधम्म विराजमान भए । लुकीलुकी लड्नुपर्ने जनयुद्धकालमा त छापामार शैली अत्यावश्यक थियो नै । तर प्रतिस्पधा{को खुला राजनीतिमा पुष्पकमलको यो शैली अभिशाप भइदियो । छापामार शैलीका कारण पुष्पकमलको विश्वसनीयता धूजाधूजा भयो । हिजो म्वाई खाएका ओलीलाई आज लात हानेपछि यी दुईको सम्बन्ध कुकुर–बिरालाको जस्तो भयो, र अहिले यो तिक्त सम्बन्ध पुष्पकमलका असफलताहरूको माउ कारक बन्न पुगेको छ ।

कार्यकारीको गद्दीमा सत्ताशील भएपछि पुष्पकमलले सात काम छाडेर गनु{पने{ काम तीनवटा थिए । भूकम्पपीडितलाई घरबासको व्यवस्था, दिल्लीसँगको सम्बन्ध सुधार र संविधान संशोधनद्वारा आन्तरिक द्वन्द्वहरूको समाधान र समावेशी राष्ट्रियताको जग निर्माण । सय दिनमा तीन सय दिनको काम गरेँ भनी फुर्किदैँ तीन हात उफ्रिने पुष्पकमलले यी तीन काम कति गरे त ? यो प्रश्नको उत्तर उत्साहजनक छैन । भूकम्पपीडितको घरबासको व्यवस्थाका गफ धेरै भए । अघिल्लो ओली सरकारले यिनको घरबासको व्यवस्था मिलाउन बेवास्ता ग¥यो भनी कुरा काट्ने काम पनि हुनुसम्म भए । तर घरबासको व्यवस्था मिलाउन पुष्पकमल सरकारले साँच्ची नै ग¥यो के ? भूकम्पपीडतलाई यतिन्जेलमा यति रकम दिने, उतिन्जेलमा उति रकम दिने भनेर अनेक तिथिमिति तोकिए, अनेक डङ्क पीटिए । तर शासनको सय दिन बित्दा पाउनुपर्ने रकमको पहिलो किस्ता नै नपाउने पीडितहरू कति छन् कति । भूकम्पपीडितहरू यसपालाको जाडो याम पनि ठिहिरोमा काम्दै बिताउन अभिशप्त छन् ।

प्रधानमन्त्री भएपछि पुष्पकमल दु–दुई पटक भारत गए । आइदेऊ हजूर भनेर अनेक अनुनय–विनय गरेपछि भारतका राष्ट्रपति मुखर्जी नेपाल आए । के यो जाइ र त्यो आइले भारतसँगको लास्टै चिसिएको सम्बन्ध न्यानो बनायो त ? के यसबाट पुष्पकमलको श्रीबृद्धि भयो ? यी प्रश्नका उत्तर पनि गतिला छैनन् । मोदीको छेउमा उभिन पाएपछि पुष्पकमल त्यसै-त्यसै फुर्किए । र, नतिजा नसोची खुकुलो जिब्रोले प्वाक्क भने— मोदीसँग मेरो केमिस्ट्री मिल्यो । पुष्पकमलको बोली भूईंमा खस्नु के थियो ‘राष्ट्रवादीहरू’ले उनीमाथि कटाक्षको वर्षा शुरु गरे । उता मोदीले दिल्लीमा पुरानै भाषा बोले ।

मुखर्जीले नेपालमै आएर उही मोदीवाणी दोहोर्याए। संविधान संशोधन गर्ने काम कता पुग्यो ? कटुता घटाउने, सहमतिबाट आन्तरिक समस्या मिलाउने र फाटेका चित्त जोड्ने काममा प्रगति कति भोे ? जब मोदी र मुखर्जीले यसो भने, पुष्कमलमाथि ‘राष्ट्रवादी’हरूका मुखारविन्दबाट कटाक्षको वृष्टि भयो । पुष्पकमलमाथि ‘राष्ट्रघात’को बात लाग्यो र उनलाई ‘लम्पसारवाद’का प्रणेता भनेर गिज्याइयो । यी उँधोका दुई र उँभोका एक भ्रमणबाट नेपाल–भारत सम्बन्धमा सुधारको कुनै लक्षण देखियो त, ब्रो ? यसको उत्तर पनि न्यानो छैन । संविधान संशोधन र आन्तरिक समस्या समाधानको समस्या काँचै छ । भारतका ‘ठूल्दाइहरू’ लम्फू विद्यार्थीलाई कठोर गुरुले झैँ हैकमको हेपाहा भाषामा सोधिरहेका छन्— भैया, संविधान संशोधन के भो ? बल गर, छिटो गर । हैट् ।

घरभित्रको फोहोर सफा गरी आन्तरिक द्वन्द्वलाई किनारा लगाउने मुद्दा कता पुग्यो ? यो प्रश्नको उत्तरमा नै पुष्पकमल सरकारको सफलता, श्रेय र गौरव निहित छ । के यसको उत्तर सकारात्मक छ त ? दुर्भाग्यवश, छैन । पुष्पकमल सरकारले सम्बन्धित पक्षहरूसँग गम्भीर, सघन र निरन्तर वार्ताको चेष्टा गरेकै छैन । यसो झारा टाराइको वार्ता हुन्छ, केही हात लाग्दैन र वार्ता निदाउँछ । यस्तो लाग्छ मानौँ पुष्पकमलको सोचाइमा योजना, गम्भीरता र निरन्तरता भन्ने धारणा नै छन् । न उनीसँग विभिन्न फाँटमा काम गर्ने, उचित सल्लाह दिने र सार्थकरुपले सघाउने विज्ञ र कर्मठ टोलीहरू नै छनन् । वरिपरि जो छन्, केवल जी हजूर जन छन् । स्वतस्र्फूत सोचो, एकला चलो— यस्तो छ पुष्पकमलको तरङ्गी मनोभाव । पुष्पकमललाई लाग्दो हो— मेरो निर्देशन ब्रह्मवाण हो, निर्देशन दियो कि काम बन्यो । पुष्पकमल निर्देशनपछि निर्देशनमा मग्न छन् तर नापिएको केही छैन ।

सत्तामा पुष्पकमलको शायद यो अन्तिम मौका हो । आलोपालो गरी खाउँको नौ महिने काल शेष भएपछि शायद पुष्पकमल असफलताको हेमानको भारी बोकेर ठस्ठस् कन्दै लाजिम्पाट फकि{ने छन् । तथापि स्वभावगत विशिष्टता प्रदर्शन गर्दै मान्यवर पुष्पकमलले धाक लगाउलान्— नेपालको इतिहासमा मजस्तो सक्षम, सफल र चमात्कारिक प्रधानमन्त्री न भूतो न भविष्यति । ल जा ।

वि.सं.२०७३ पुस ९ शनिवार ०४:४१ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...