पुष्पकमल शासनका सय दिन सकिए । अर्थात सत्तामा पुष्पकमलको हनिमून काल तुरियो । माओवादी पाटी{बाहिर त पुष्पकमल सरकारले सय दिनमा भन्न र गन्न लायकको केही गरेन भन्ने मत थियो नै, प्वाक्क नभने पनि पार्टीभित्रको ठूलो जमातको मत पनि करिबन यस्तै थियो । मन्त्री बन्न पाएका एकाध भाग्यमानी जन र तलब–भत्ता कुम्ल्याउन पाएका दुई–चार सल्लाहकार÷सहयोगीले त प्रधानमन्त्रीको काम राम्रै–राम्रो छ भन्ने नै भए । ‘जसको सिता खाई उसको गुन गाई’ भन्ने त अहानै छ नि ।
आत्ममोहका कारण जसलाई पनि आपूm त राम्रै लाग्छ । साधुलाई पनि, चोरलाई पनि । जाँगरिलालाई पनि, अल्छीतीघ्रेलाई पनि । सत्यवादीलाई पनि, ढाँटलाई पनि । सदाचारीलाई पनि, भ्रष्टाचारीलाई पनि । तर लोकमा राम्रो भइन आप्mना वचन र कम{ले अरुका आँखामा राम्रो देखिनुपर्छ। शासनमा पुष्पकमलका सय दिन अर्थपूर्ण भए वा अथ{हीन भएर खेर गए ? यो कुरा भन्ने देखिजान्ने र भोगिजान्ने जनले हो । तर लोकले नराम्रो भन्ला भन्ने डरले होला, भन्न पुष्पकमल हत्तपत्त आफैँ अघि सरे । र, उनले आफ्नै हातले आफ्नो गलोमा पच्चीस किलोको माला पहिराउँदै भने— सय दिनमा मैले तीन सय दिनको काम गरेँ । जब सम्माननीयको यो कल्पित मूल्याङ्कन सुनेँ, म मनमनै कानसम्म मुख च्यातेर हाँसे । र, मलाई लाग्यो— पुष्पकमल सरकारले एक दिनमा एक दिन बराबरकै काम गरेका भए त यो सरकार सय दिन सुतेको सत्यै पो हुने रहेछ कि कसो ।
हिजोका कुरा गने{ हो भने पुष्पकमल छापामार जनका नेता हुन् । यिनमा छापामार शैलीको प्रभाव बडो गहिरो छ । त्यसैले त यिनले हिजोसम्मका ज्यानी दुश्मन केपी ओलीलाई छापामार शैलीमा ‘राष्ट्रवाद’को डोलीमा बोके । जसरी बोकेका थिए उसैगरी छापामार शैलीमा ओलीलाई बिसाए र ओली बसेको सत्ताको रिक्त आसनमा आफैँ गजधम्म विराजमान भए । लुकीलुकी लड्नुपर्ने जनयुद्धकालमा त छापामार शैली अत्यावश्यक थियो नै । तर प्रतिस्पधा{को खुला राजनीतिमा पुष्पकमलको यो शैली अभिशाप भइदियो । छापामार शैलीका कारण पुष्पकमलको विश्वसनीयता धूजाधूजा भयो । हिजो म्वाई खाएका ओलीलाई आज लात हानेपछि यी दुईको सम्बन्ध कुकुर–बिरालाको जस्तो भयो, र अहिले यो तिक्त सम्बन्ध पुष्पकमलका असफलताहरूको माउ कारक बन्न पुगेको छ ।
कार्यकारीको गद्दीमा सत्ताशील भएपछि पुष्पकमलले सात काम छाडेर गनु{पने{ काम तीनवटा थिए । भूकम्पपीडितलाई घरबासको व्यवस्था, दिल्लीसँगको सम्बन्ध सुधार र संविधान संशोधनद्वारा आन्तरिक द्वन्द्वहरूको समाधान र समावेशी राष्ट्रियताको जग निर्माण । सय दिनमा तीन सय दिनको काम गरेँ भनी फुर्किदैँ तीन हात उफ्रिने पुष्पकमलले यी तीन काम कति गरे त ? यो प्रश्नको उत्तर उत्साहजनक छैन । भूकम्पपीडितको घरबासको व्यवस्थाका गफ धेरै भए । अघिल्लो ओली सरकारले यिनको घरबासको व्यवस्था मिलाउन बेवास्ता ग¥यो भनी कुरा काट्ने काम पनि हुनुसम्म भए । तर घरबासको व्यवस्था मिलाउन पुष्पकमल सरकारले साँच्ची नै ग¥यो के ? भूकम्पपीडतलाई यतिन्जेलमा यति रकम दिने, उतिन्जेलमा उति रकम दिने भनेर अनेक तिथिमिति तोकिए, अनेक डङ्क पीटिए । तर शासनको सय दिन बित्दा पाउनुपर्ने रकमको पहिलो किस्ता नै नपाउने पीडितहरू कति छन् कति । भूकम्पपीडितहरू यसपालाको जाडो याम पनि ठिहिरोमा काम्दै बिताउन अभिशप्त छन् ।
प्रधानमन्त्री भएपछि पुष्पकमल दु–दुई पटक भारत गए । आइदेऊ हजूर भनेर अनेक अनुनय–विनय गरेपछि भारतका राष्ट्रपति मुखर्जी नेपाल आए । के यो जाइ र त्यो आइले भारतसँगको लास्टै चिसिएको सम्बन्ध न्यानो बनायो त ? के यसबाट पुष्पकमलको श्रीबृद्धि भयो ? यी प्रश्नका उत्तर पनि गतिला छैनन् । मोदीको छेउमा उभिन पाएपछि पुष्पकमल त्यसै-त्यसै फुर्किए । र, नतिजा नसोची खुकुलो जिब्रोले प्वाक्क भने— मोदीसँग मेरो केमिस्ट्री मिल्यो । पुष्पकमलको बोली भूईंमा खस्नु के थियो ‘राष्ट्रवादीहरू’ले उनीमाथि कटाक्षको वर्षा शुरु गरे । उता मोदीले दिल्लीमा पुरानै भाषा बोले ।
मुखर्जीले नेपालमै आएर उही मोदीवाणी दोहोर्याए। संविधान संशोधन गर्ने काम कता पुग्यो ? कटुता घटाउने, सहमतिबाट आन्तरिक समस्या मिलाउने र फाटेका चित्त जोड्ने काममा प्रगति कति भोे ? जब मोदी र मुखर्जीले यसो भने, पुष्कमलमाथि ‘राष्ट्रवादी’हरूका मुखारविन्दबाट कटाक्षको वृष्टि भयो । पुष्पकमलमाथि ‘राष्ट्रघात’को बात लाग्यो र उनलाई ‘लम्पसारवाद’का प्रणेता भनेर गिज्याइयो । यी उँधोका दुई र उँभोका एक भ्रमणबाट नेपाल–भारत सम्बन्धमा सुधारको कुनै लक्षण देखियो त, ब्रो ? यसको उत्तर पनि न्यानो छैन । संविधान संशोधन र आन्तरिक समस्या समाधानको समस्या काँचै छ । भारतका ‘ठूल्दाइहरू’ लम्फू विद्यार्थीलाई कठोर गुरुले झैँ हैकमको हेपाहा भाषामा सोधिरहेका छन्— भैया, संविधान संशोधन के भो ? बल गर, छिटो गर । हैट् ।
घरभित्रको फोहोर सफा गरी आन्तरिक द्वन्द्वलाई किनारा लगाउने मुद्दा कता पुग्यो ? यो प्रश्नको उत्तरमा नै पुष्पकमल सरकारको सफलता, श्रेय र गौरव निहित छ । के यसको उत्तर सकारात्मक छ त ? दुर्भाग्यवश, छैन । पुष्पकमल सरकारले सम्बन्धित पक्षहरूसँग गम्भीर, सघन र निरन्तर वार्ताको चेष्टा गरेकै छैन । यसो झारा टाराइको वार्ता हुन्छ, केही हात लाग्दैन र वार्ता निदाउँछ । यस्तो लाग्छ मानौँ पुष्पकमलको सोचाइमा योजना, गम्भीरता र निरन्तरता भन्ने धारणा नै छन् । न उनीसँग विभिन्न फाँटमा काम गर्ने, उचित सल्लाह दिने र सार्थकरुपले सघाउने विज्ञ र कर्मठ टोलीहरू नै छनन् । वरिपरि जो छन्, केवल जी हजूर जन छन् । स्वतस्र्फूत सोचो, एकला चलो— यस्तो छ पुष्पकमलको तरङ्गी मनोभाव । पुष्पकमललाई लाग्दो हो— मेरो निर्देशन ब्रह्मवाण हो, निर्देशन दियो कि काम बन्यो । पुष्पकमल निर्देशनपछि निर्देशनमा मग्न छन् तर नापिएको केही छैन ।
सत्तामा पुष्पकमलको शायद यो अन्तिम मौका हो । आलोपालो गरी खाउँको नौ महिने काल शेष भएपछि शायद पुष्पकमल असफलताको हेमानको भारी बोकेर ठस्ठस् कन्दै लाजिम्पाट फकि{ने छन् । तथापि स्वभावगत विशिष्टता प्रदर्शन गर्दै मान्यवर पुष्पकमलले धाक लगाउलान्— नेपालको इतिहासमा मजस्तो सक्षम, सफल र चमात्कारिक प्रधानमन्त्री न भूतो न भविष्यति । ल जा ।
वि.सं.२०७३ पुस ९ शनिवार ०४:४१ मा प्रकाशित