back
CTIZAN AD

सन्दर्भ जननेता मदन-आश्रित स्मृति दिवस र जनताबाट विमुख सरकार

वि.सं.२०७७ जेठ ४ आइतवार

777 

shares

श्रद्देय स्वर्गीय जननेता कमरेड मदन भण्डारी तथा जीबराज आश्रीतको २७ औ स्मृति दिवसको अवसरमा श्रद्धा सुमन अर्पण गर्दछु ।

प्रजातन्त्र पुर्नस्थापना पश्चात् समय नपुगी सरकार फेरिने रवैयाले हामी जनतामा निराशा दिएको दिएको थियो । देशका नेताहरु न देशको भएका छन् न त जनताको भएका छन् । पार्टीले पनि बेला बेला गुटबन्दिको मार झेलिरहेको छ । सबै पार्टीभित्र ब्याक्तीबादी सोचले राज गरेको छ । साँच्चिकै भन्नूपर्दा जनताको बुझाइमा देशका शिर्षस्थ नेताहरु देशका लागि केही गर्दैनन् तर प्रधानमन्त्रीको बोर्डमा नाम लेखाउने होडबाजीका लागि मात्र हुन् भन्ने कुरा जनमानसमा लाग्न थालेको छ । कम्युनिस्ट पार्टीबाट ४१ औं प्रधानमन्त्रीको पदमा कम्युनिस्टको तर्फबाट केपि ओलिज्यू नियुक्ति हुनुभएको पनि निकै भइसकेकोछ ।

जननिर्बाचित प्रधानमन्त्रीले एक कार्यकाल पूरा गर्न नपाउदै खेलिने सत्ता समीकरणको खेलले नेपालको अर्थतन्त्र र जनताको मनलाई धुजा धुजा पारेको छ । जनताको बुझाइ अनुसार हिजोपनी गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी ,शेरबहादुर देउपा,पुष्पकमल दाहाल(प्रचण्ड ), बाबुराम भट्टराई , झलनाथ खनाल , माधबकुमार नेपाल र केपि ओलीजी पनि एक आपसमा खुट्टा तान्ने प्रवृत्तिमा लागेर बोर्डमा नाम लेखाउने काम मात्र गर्नु भयो । तर, मेरो ब्यक्तिगत बुझाइमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् नियुक्ति हुनुभएका सबै प्रधानमन्त्रीले सानो ठुलो प्रयास गर्नुभयो । ब्यबस्था परिबर्तन भयो । संविधानसभाको चुनाब भयो, देश संघीयतामा गएर सात प्रदेश भयो,अहिले सातै प्रदेशको आफ्नै सरकार छन् । गाउँ गाउँमा सिंहदरबार पनि छ । संबिधान लेखन कार्य भयो । यी पनि उपलब्धी नै हुन् । तर यि उपलब्धि हासिल गर्न देशले ठुलो धन जनको क्षती भोग्नु पर्यो । धेरै समय गुमराहमै बित्यो, तितो सत्य भन्नू पर्दा देशका शीर्षस्थ नेताहरुमा खुट्टा तान्ने खेल शुरु भयो जुनकुरा आजपनि यथावात नै छ । दुई तिहाइको सरकार बन्दापनी खुट्टा तान्ने खेल जारीनै छ । जसकारण भ्रष्टाचारको बीउ रोप्ने काम माथिल्लो तहबाट नै शुरु भयो । देशको अति संबेदनसिल अंग प्रहरी प्रशासन पनि राजनीतिक भुँवरीमा पर्यो । देशका वरिष्ठ ब्यक्तिहरुद्वारा सुरक्षा निकायलाई अबैध धन्दामा अप्रत्यक्ष रुपमा प्रयोग गरियो । यहिकारण भ्रष्टाचार माथिल्लो तह हुँदै तल्लो तह सम्म पुग्यो । आज हाम्रो देशको सरकारी कार्यालय बिना घुस समयमा काम नगर्ने मनस्थितिमा पुगिसकेको ज्वलन्त उदाहरणका लागि युवाहरुको आक्रोश बढेको छ ।

यो पंक्तिकारले बुझ्ने भएदेखि अहिलेसम्म हेर्दैजादा देशको स्थिती शान्तिबाट अशान्ति अनि असुरक्षित दिशातिर बढीरहेको छ । देशमा हत्या हिंसा अत्याचार र भ्रस्टाचार मौलाउदै गइरहेको छ । सत्ता परिबर्तन भैराखेको छ । तर यहाँ नियम कानुन दिन प्रतिदिन फितलो हुँदै गइरहेको छ ।

भिन्न भिन्न समयमा भिन्न भिन्न नेतृत्वहरुको भाषण सुनियो । सबैको काम पनि देखियो सबै नेतृत्व मध्ये जननेता मदन भण्डारीको सपनाहरु मैले मन पराएको थिए तिनै सपनाहरुलाई बिकसित गरि बर्तमान प्रधानमन्त्रीले पनि लिनु भएको थियो र आज पुनः ती सपनाहरु स्मरण गराउन चाहन्छु–तुइन हटाउने,लोडसेडिङ मुक्त गर्ने,फास्ट ट्रयाक आफैं बनाउने, पाइपलाइन बाट घर घरमा ग्यास ल्याउने, चुच्चो परेको रेल चलाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने । यी सपनाहरु त पुराना हुन् । रात बिते एक रातमै अग्राख पलाउछ भन्छन् । सपना माथि सपना थपिएका छन् । पछि थपिएको एजेन्डाहरु– कृषिको व्यावसायिकरण,शिक्षा ,स्वास्थ , खानेपानी ,कानुनी ब्यबस्था तथा प्रशाशनिक पुनर्संरचना आदि आदी ।

हो, सपनाहरु राम्रा थिए । हामिले आशा राखेको थियौ तर भन्नू र गर्नुमा अलि फराकिलो अन्तर हुन्छ नै । सपना देख्दैमा सबै कुराहरु जादुमय समाधान हुन सक्दैन । देशको बिग्रेको परिस्थितिलाई सुधार्न समय लाग्छ । तुरुन्त समाधान गर्न त जादुमा पनि त्यो तागत छैन । तर बाँडेका सपनाहरु नै बिकासका रुप रेखाहरु हुन् । घर बनाउनु पूर्ब जग्गा अनुरुपको स्तरीय नक्शा बनाउन सके मात्र घर सोचेजस्तै सुन्दर हुन्छ । यी सम्पूर्ण कुराहरु त छदैछ । अहिले फेरि विश्व कोरोना भाइरसको चपेटामा परेको छ । विश्व नै अर्थतन्त्रको मारमा परेको छ । यस माहामारीबाट हाम्रो देश पनि अछुतो रहन सकेन । नेपालमा आजको मितिमा सक्रमितको संख्या २९१ नाघिसकेको छ । आउने दिनहरुमा यो समस्याले भयावह स्थिति ल्याउने देखिएको छ । सरकारले करोडौंको राहत बाँडेको छ तर राहत पाउनु पर्ने अधिकतम मानिसहरु यस राहतबाट बेखबर छन् ।

मैले सुनेको छु भ्रष्टाचार सबैभन्दा पहिला मन्त्रालय बाटनै शुरु हुन्छ । जब भ्रष्टाचार माथिल्लो तहमा बिशिस्ट ब्यक्तिबाट शुरु हुन्छ भने तल्लो स्तरका कार्यलयमा भ्रष्टाचार हुनु कुनै ठुलो कुरा हुँदै होइन । जननेता मदन भण्डारीले समृद्ध नेपालको कल्पना गरिरहनु भएको थियो । उहाँ भन्नू हुन्थ्यो–लोकतन्त्र पश्चात् देशमा फेरि एक हुल सेता मान्छेको हालीमुहाली चल्छ । एउटा राजा फालेर अरु थुप्रै राजा फेरि जन्मिन्छन् भने देशमा फेरि अर्को क्रान्ती हुन्छ र गर्नुपर्छ भन्नूभएको थियो । अहिले त्यस्तै अनुभव भइरहेको छ ।

जनमतको आधारमा देशको ठूलो राजनीतिक पार्टी नेकपा एमाले र दोश्रो ठुलो पार्टी नेकपा माओवादी केन्द्रको एकता पनि भएको छ । तर साच्चिकै भन्नू पर्दा तल्लो स्तरसम्म एकताले अझै पूर्णता पाएको छैन । जनतामा उत्साह र आशा देखिएको थियो । यी दुबै पार्टी मात्र नभएर अरु पनि सबै प्रगतिशील बिचार बोकेका पार्टीलाई एउटा मालामा गास्न सके देश र जनताले मुक्ति पाउन धेरै समय नलाग्ने कुरा हामीले बुझेका थियौ । दशवर्षे जनयुद्धले थुप्रै मर्महरु बोकेको छ, जननेता मदन भण्डारीले अघि सारेको जबज र क्रान्तिकारी धारको एकताले देश र जनताको लागि के उपलब्धि दिदैछ भन्ने देखिएकै छ ।

यतिबेला चुनौतीका पहाडहरु क्रमबद्ध रुपमा उभिएका छन् । देशमा भ्रष्टाचारले जरा गाडेको छ । आर्थिक स्थिती दिन प्रतिदिन ओरालो लाग्दै गएको छ । महँगीले आकाश छुदै छ । भ्रष्ट ब्यापारीहरुले रासन, ग्यास लत्ता कपडा लगायत अन्य दैनिक भोग्य समानहरुमा चरम असुली गरिरहेका छन् । प्रत्येक दिन औसतन ८ सय दक्ष युवा खाडीतिर छिर्न बाध्य छन् । ऋतुसंगै परिबर्तन भएका सरकारले गरेका बिबादित निर्णयहरु चाङका चाङ छन् । विकट दुर्गम क्षेत्रमा औषधीका अभाबमा ज्यान गुमाउनेको संख्यामा कुनै कमि आएको छैन । सरकारले पुर्ण साक्षर जिल्ला घोषित गरेपनि जनतामा अझै शिक्षाको कमि छ । शिक्षाको गुणस्तरमा पनि खासै बिकास देखिदैन । निजि बिद्यालयले गरीब जनतालाई गुणस्तरीय शिक्षाको नाममा अतिरिक्त बोझ बोकाइरहेका छन् । भू–माफियाको त कुरै नगरौं अझ ठुलो प्रकोप छ । भूकम्प र बाढी पीडित जनता अझै पालमुनी छन् । दातृ निकायद्वारा प्रदान गरिएको रकमको हिसाब किताब छैन । बाहिरबाट सहयोगमा आएको जस्तापाता , पाल तथा अन्य सामाग्री पनि सरकारका मन्त्री तथा कर्मचारीले मनोमानी गरेको खबरहरु प्रसस्तै आइरहेका छन् । देशका सबै सरकारी क्षेत्रहरू अस्तव्यस्तको अवस्थामा छन् । कार्यालयमा कर्मचारीतन्त्र, दादागिरी, दलाली, घुस तथा भ्रष्टाचारको जालोमा जेलिएको छ भन्दा फरक पर्दैन ।

जनमतको आधारमा देशको ठूलो राजनीतिक पार्टी नेकपा एमाले र दोश्रो ठुलो पार्टी नेकपा माओवादी केन्द्रको एकता पनि भएको छ । तर साच्चिकै भन्नू पर्दा तल्लो स्तरसम्म एकताले अझै पूर्णता पाएको छैन । जनतामा उत्साह र आशा देखिएको थियो । यी दुबै पार्टी मात्र नभएर अरु पनि सबै प्रगतिशील बिचार बोकेका पार्टीलाई एउटा मालामा गास्न सके देश र जनताले मुक्ति पाउन धेरै समय नलाग्ने कुरा हामीले बुझेका थियौ । दशवर्षे जनयुद्धले थुप्रै मर्महरु बोकेको छ, जननेता मदन भण्डारीले अघि सारेको जबज र क्रान्तिकारी धारको एकताले देश र जनताको लागि के उपलब्धि दिदैछ भन्ने देखिएकै छ ।

इतिहासको कालखण्डमा केही युग पुरुषहरुको जन्म हुन्छ । हाम्रो नेपाली इतिहासमा पनि मैले भन्नु पर्दा केही युग पुरुषहरू–पृथ्वीनारायण शाह, बिपी कोइराला, राजा बिरेन्द्र र हजुर स्वयं कमरेड मदन भण्डारी र अहिले बर्तमान परिस्थितिमा कमरेड पुष्पकमल दाहाल (प्रचण्ड ) कमरेड केपि ओलिलाई देशका ९० प्रतिशत जनताले युग पुरुष मानेका छन् \थिए र अहिलेसम्म कायम नै छ । जनता खुशी थिए । बर्तमान द्वय नेतृत्वद्वारा जनताको बहुदलिय जनबाद र जनयुद्धको मर्मलाई आत्मसात गर्दै फरक र रोचक ढंगले पार्टी एकीकरण गरि काधमा काध मिलाउदै देशलाई निकास र बिकासलाई मध्यनजर राखेर समृद्धि नेपालको निर्माण गर्नु हुनेछ भन्ने कुरामा जनतालाई बिश्वास लागेको थियो तर जनताको सोच अनुरुप कार्य हुन नसकेको कसैसामु छिपेको छैन ।

अन्त्यमा ,

अहिले हाम्रो देशको बिपक्षी पार्टीको त स्तर निकै गिर्दो दयनिय अवस्थामा छ, यतिबेला बिपक्षीको समाजबाद पनि सेलाएको छ । सरकारको बिरोध कतिबेला र कहाँ गर्नुपर्छ पटक्कै थाहा छैन । पार्टीभित्र आपसमै बाझाबाझ गरेर बेहाल छ । प्रधानमन्त्री पदमा रहेर विपक्षीलाई व्यंग्यात्मक शैलीबाट खिल्ली उडाउने कामहरु भएको देखिन्छ । बिगतका प्रधानमन्त्रीले गरे जस्तै आफ्ना पार्टीका कार्यकर्तालाई मात्र राम्रो ठाउमा दिने, आफ्नो पार्टीमा आस्था राख्ने सरकारी कर्मचारीलाई पायक पर्ने ठाउमा सरुवा र योग्यता नपुगेकालाई बढुुवा गरेर जनताको आलोचना खेप्नुपर्ने स्थिति, देशको संबेदनसिल अंग प्रहरी प्रशासन र सेनाका आफ्नै नियम कानुन हुन्छन् ती अंगमा राजनीतिक रंग मिसाइदिने कामहरु पनि सरकारबाट भएको देखिन्छ । सरकारको कार्यकाल अझै २ बर्ष बाँकी छ । काम गर्ने अबसर मिलेको बेला कम्युनिस्टको सरकारले धेरै राम्रो र उदाहरणीय काम गर्छ भनेर देशका जनता,छिमेकीलाई मात्र नभएर बिश्वमा एक उदाहरण पेश गर्नुपर्ने बेला हो यो ।

देश अहिले कोरोनाको महामारीमा फसेको छ, सरकारले साबधानी अपनाउदै, जनताको स्वास्थ्य परिक्षण गरोस् ,वास्तविक पीडितले राहत पाए पाएनन् उचित तरिकाले अनुगमन गरोस् । लेख्न मन लागेका कुरा त थुप्रै थिए सिमित समयका कारण २७ औ मदन आश्रित स्मृति दिवसको अवसरमा यतिमात्र गुनासो राखेर कलम बिसाउन चाहन्छु ।

पैयु गाउँ पालिका-४ पर्बत,गण्डकी प्रदेश

वि.सं.२०७७ जेठ ४ आइतवार १०:११ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...