back
CTIZAN AD

एनआरएनएको टर्की शाखा गठन

वि.सं.२०७७ जेठ ४ आइतवार

630 

shares

४ जेठ, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीको विशेष पहलमा ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको जनाइएको छ ।

जसको उपाध्यक्षमा श्यामकला राई र महेन्द्र थापा, महासचिवमा विनोद पौडेल, कोषाध्यक्षमा अनिता गुरुङ, महिला संयोजकमा मन्दरा खत्री, युवा संयोजकमा सुनिल पौडेल र सदस्इमा निर सनम, आशिस खड्का, राजेन्द्र बस्नेत, छविलाल न्यौपाने, आकाश राई्, रामजी सुवेदी, सरज लिम्बू र विकास सोनम रहेका छन् ।

हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ ।

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरूले कोरोना भाइरसको जोखिम रहेको भन्दै टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

‘टर्की नेपाली समाज’ले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।

वि.सं.२०७७ जेठ ४ आइतवार ०९:४४ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...