४ बैशाख, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमले बुधबार देखी प्रशिक्षण सुरु गर्दै छ । इंल्याण्ड एण्ड वेल्ड क्रिकेट र्बोड (ईसीबी) ले बुधबार देखी टिमलाई प्रशिक्षण गर्नको लागि अनुमति दिएको छ ।
इंल्याण्ड क्रिकेट टिमले जुलाईमा वेस्टइंडीज र पाकिस्तान विरुद्ध ६ टेस्ट खेल खेल्ने छ । त्यहीँ श्रृखलाको तयारीका लागि इंल्याण्ड क्रिकेट टिम प्रशिक्षणमा फर्केने बताईएको छ ।
इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोड (ईसीबी) ले यस प्रशिक्षणमा एक बल एक खेलाडीको नियम लागु गर्दै छ । ईसीबीले प्रशिक्षणका क्रममा प्रत्यक खेलाडीलाई छुट्टा छुट्टै बल दिने निर्णय गरेको छ । प्रशिक्षणका क्रममा प्रयोग गरिएको बल प्रशिक्षण सकिएपछि खेलाडीहरुले आ आफ्नो बक्समा राख्नु पर्ने छ ।
खेलाडीहरुले प्रशिक्षणका क्रमका कोचसँग दुई मिटरको दुरी राख्नु पर्ने छ । ब्याटिङ्गका क्रममा ब्याट्सम्यानले कोचलाई हातले बल दिन पाउने छैनन् । बलरहरुले पनि बललाई चम्काउनको लागि लारको प्रयोग गर्न पाउने छैनन् ।
वि.सं.२०७७ जेठ ४ आइतवार १०:१३ मा प्रकाशित






























