back
CTIZAN AD

युवा नेताद्धयको पहलमा भारतबाट ८ सय नेपालीको उद्धार गरि देश पठाइयो

वि.सं.२०७७ जेठ ४ आइतवार

1.3K 

shares

४ जेठ, नयाँदिल्ली । भारतका विभिन्न क्षेत्रमा करिब २ महिनादेखि क्वारेन्टीनमा रहेर समस्या झेलीरहेका झण्डै ८ सय नेपालीहरूलाई  युवा नेताद्धयको पहलमा नेपाल फिर्ता पठाइएको छ ।

नेपाल सरकार र भारतस्थित नेपाली दूतावास भारतमा रहेका नेपालीहरूका बारेमा मौन रहेका बेला समाजसेवी तथा युवा नेता सन्दीप राना, अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिब आरबी खड्का र प्रवासी नेपाली एकता मंच भारतका संयोजक लोकनाथ भण्डारी र सहसंयोजक इशरी भण्डारीको बिशेष सहयोगमा बिशेष पहलमा भारतका विभिन्न क्षेत्रमा करिब २ महिनाको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता पठाइएको हो ।

उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टिनमा रहेका करिब ८०० जनालाई शुक्रबार र शनिबार नेपाल फिर्ता पठाइएको हो । उनिहरुको सूचि तयार गरिएपछि जोगबनी, सुनौली, नौतुनवा र गौरीफण्टा लगायतका नाकाबाट नेपाल पठाइएको बताइएको छ ।

भारतमा जारी लकडाउन र नेपालको सीमा बन्द भएकाले उनिहरु २ महिनादेखि क्वारेन्टीन बस्न बाध्य भएका थिए । क्वारेन्टीन अवधि पूरा गरेपछि पनि सेवा सुविधा बिना शिविरमै बस्नु परेकाले युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काले उनिहरुको गृह जिल्ला, नगरपालिका र वडामा सर्वदलीय बैठकद्वारा सहमति गराएर नेपाल फर्काउने वातावरण बनाएका हुन् । घर फर्किन पाएका उनिहरुले खुशी व्यक्त गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।

‘उनीहरुलाई नेपाल फर्काउन लामो समयदेखि प्रयास गरिरहेका थियौँ, अन्ततः उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उनीहरु रहेको जिल्लामा डी.एम., एस.पी. र एडी.एम.(को सहयोग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि, स्थानिय प्रतिनिधि अनि सर्वदलीय प्रयासले नेपाल फर्काउन सफल भयौँ ।’ उनिहरुलाई नेपाल पुगेपछि स्वास्थ्य परीक्षणपछि क्वारेन्टीनमा बस्नु पर्ने पनि खड्काले जानकारी दिए ।

खड्काका अनुसार उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टीनमा रहेकाहरुलाई सुरक्षित सीमासम्म पुग्न रामपुरका डी.एम. आंजनेय कुमार सिंह, खीमपुर खीरीका डी.एम. शैलेन्द्र कुमार सिंह र एस.पी. पूनमले ठूलो सहयोग गरेका थिए ।

त्यसैगरि जे.एन.यू. स्कोलर अम्बिका जोशी, विद्यार्थी नेता सुधन महत, समाजसेवी दीपक जी.सी. को पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

प्रदेश सरकार र दिल्लीस्थित दूतावासलाई जानकारी हुनेगरि नेपालीहरुलाई फिर्ता पठाइएको खड्काले बताएका छन् । भारतमा समस्यामा परेका नेपालीहरुलाई फिर्ता लग्नेबारे संघीय स्तरमा कुनै निर्णय नभएको र प्रदेश सरकारले पनि खासै चासो नदिएका बेला स्थानिय जनप्रतिनिधिहरुको समन्वयमा उनिहरुलाई फिर्ता लग्ने काम भइरहेको छ । त्यसका लागि भारतमा रहेका विभिन्न संगठनहरुले निरन्तर दवाव दिइरहेका छन् । दिल्ली एन.सी.आर.मा विभिन्न क्वारेन्टीनमा बसेका नेपालीहरुलाई स्थानिय प्रशासनसँग समन्वय गरि नेपाल फिर्ता पठाउने तयारीहरु भइरहेको पनि खड्काले बताएका छन् ।

यसअघि युवा नेता सन्दीप राना र आर.बी. खड्काको पहलमा आनन्द बिहारमा फसेका सयौँ नेपालीहरुलाई पनि नेपाल पठाउने काम भएको थियो । दुबै जना युवाको नेतृत्व पहल हजारौको सँख्यामा अलपत्र परेका नेपालीहरूलाई राहत सहयोग गर्दै आएका छन् ।

वि.सं.२०७७ जेठ ४ आइतवार ११:५३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...