१७ मे, पुणे, भारत । भारतीय आर्मीका रिटायर्ड क्याप्टेनले प्रवासी नेपालीहरुलाई खाद्यान्न सहयोग गरेका छन।
पुणे जिल्लाका समाजसेवी भारतीय आर्मीका रिटायर्ड अफिसर( Captain) तथा आर एस एस का सदस्य महाबलेश्वर श्रीनिवास देशपांडे तथा उनको परिवारहरुको अगुवाई र नेपाल सुदुरपश्चिम प्रदेश अछाम जिल्ला मंगलसेन नगरपालिकाका स्थायी निवासी हाल पुणे जिल्ला औंध निवासी जनक काफ्ले जैशीको पहलमा १३ जना नेपालीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
हालसम्म देश पाण्डे परिवारले ५ पटक विभिन्न स्थानमा राहत वितरण गर्दै आएका छन भने नेपालीहरुका अभिभावक बनेका छन।
प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति कोषाध्यक्ष मुकेश कुँवरको विशेष भूमिकामा राहत जुटाउन सफल भएकोमा भन्दै प्रवासी नेपाली संघ भारत पुना नगर समितिले दाता तथा पहलकर्ता सपरिवारलाई धन्यवाद गरेको छ ।
साथै समितिले संगठनलाई आगामी दिनमा पनि देश पांडे परिवार र काफ्ले जैशी परिवारको योगदान रहिरहने विश्वास व्यक्त गरिएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १३:४३ मा प्रकाशित



























