back
CTIZAN AD

कोरोना संक्रमणबाट नेपालमा पहिलो व्यक्तिको निधन भएकोप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

वि.सं.२०७७ जेठ ४ आइतवार

804 

shares

४ जेठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोपटक कोरोना भाइरसबाट २९ वर्षीया महिलाको मृत्युले आफू दुःखीत भएको बताएका छन् ।

‘कोरोनाका संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद पनि सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।’ प्रधानमन्त्रीले सामाजिक संजाल ट्विटरमार्फत दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै भनेका छन्, ‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ ।’

उपचारका लागि धुलीखेल अस्पताल आएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की २९ महिलाको बिहिबार राति निधन भएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो

उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २९१ पुगेको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार १३:२४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...