back
CTIZAN AD

कोरोना संक्रमण रोक्न दम्भ त्यागेर नयाँ रोडम्याप बनाउ सरकार

वि.सं.२०७७ जेठ ५ सोमवार

1.2K 

shares

कोरोना भाइरस (कोभिड-१९) विश्वभरी नै महामारीको रुपमा फैलिएको अवस्थामा समग्र विश्वको अर्थतन्त्रमा नकारात्मक सर्किट लागेको छ । प्रायजसो देशको अर्थतन्त्र भताभुङ्गकै स्थितिमा पुगेको छ । विश्वका उच्च अर्थतन्त्र भएका देशहरु पनि यस महामारीको असरबाट जोगिन सकेका छैनन् भने नेपालजस्तो अत्यन्त न्यून आय भएको देश कोरोनाको प्रकोपबाट अछुतो रहने कुरै भएन । नेपालको अर्थतन्त्रको कुरा गर्ने हो भने रेमिट्यान्सले धानिएको देशको रुपमा परिचित रहेको र रेमिट्यान्स बाहकहरु नै विभिन्न देशमा समस्यामा परिरहेको अवस्था छ । विश्वस्वास्थ्य संगठनले भनेको कुरामा आधारित हुने हो भने रोगको अन्त्य अनिश्चित जस्तै नै छ । यो रोगको रोकथामका लागि ठोस औषधि पत्ता लागिसकेको छैन् ।

नेपाली युवाहरु छिमेकी देश भारत लगायतका अन्य देशहरुमा उच्च जोखिमका साथ काम गरिरहेका छन् । भारत सहित खाडीका देश र मलेसिया लगायतका देशमा ७० देखि ८० लाखको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशी भूमिमा पुगेका छन् । हाल विश्वमा आएको कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्र नै तहस नहसको स्थितिमा पुगेको छ । लाखौ लाख मानिसहरुको रोजगारी कटौती भएका समाचारहरु प्रकाशित भइरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर नेपालीहरुमा पनि परिरहेको छ । कोरोना महामारीले अति प्रभावित बनेका देशमा अहिले सिमित रोजगारी भएको र उनीहरु आफ्नो देशका नागरिकलाई नै पहिलो प्राथमिकता दिइरहेका छन् भने धेरैजसो देशले त आप्रवासीलाई रोजगारी नदिने भनेर घोषणा नै गरिसकेका छन् । साथै आर्थिक मन्दिका कारण ३० प्रतिशत भन्दा माथि रोजगारीका अवसरहरु गुम्ने विश्वका अर्थ विज्ञहरुले भनिरहेका छन् छन् ।

एकातिर कोभिड १९ बाट प्रभावित र रोजगारी कटौती भएको जनशक्तिलाई व्यवस्थापन गर्नुुपर्ने पनि राज्यलाई तत्कालका लागि चुनौति देखिन्छ भने अर्कोतिर छिमेकी देश लगायतका देशमा रहेका नागरिक छिटोभन्दा छिटो देश फर्कन पाउनुपर्ने भन्दै सरकार गुहारिरहेका छन् । भारतमा तिब्र रुपमा बढिरहेको कोरोना संक्रमण र त्यहाँ मजदूरी गरिरहेका नेपाली युवाहरु यतिबेला आटो पिठो नै खाएर किन नहोस्, आफ्नो देशमा शान्तिको सास फेर्ने भन्दै देशका चारैतिरका नाकामा आएर खुला आकासमुनि भोकभोकै अवस्थामा बस्न बाध्य भएका छन् । नेपाल सरकार र भारत सरकारले नाकामा आएका नेपालीलाई खान तथा सुरक्षाको बन्दोबस्तसहित त्यहिको क्वारेन्टाइनमा राखिएको भनेर बाहिर भनिएपनि भनेजस्तो सहज अवस्था नभएको उनीहरुले विभिन्न संचारमाध्यम र सामाजिक संजालको माध्यमबाट बताइरहेको पाइएको छ ।

त्यस्तै, खाडी मुलुकमा कार्यरत युवाहरुको पनि त्यस्तै अवस्थामा छ । खाडी मुलुक युएई, कतार, बहराइन लगायतका देशमा कोरोना संक्रमितको संख्या दिनहुँ १ हजार भन्दा माथि पुगिरहेको अवस्था छ । तत् देशमा कार्यरत नेपाली कामदाहरु यतिबेला कतै लकडाउन त कतै कफ्र्युको मारमा परेका छन् । कतिपय त खानै नपाउने अवस्थामा रहेको भन्दै नेपाल सरकारको अभिभावकत्व खोजिरहेका छन् । उनीहरु पनि अहिलेसम्म विदेशमा हासिल गरेको सीप, जाँगर आफनै माटोमा पोख्न चाहान्छन् । विभिन्न तथ्यांकले खाडी मुलुकमा रहेका झण्डै ४० प्रतिशत नेपाली देश फर्कन चाहेको बताइरहेका छन् । यतिबेला ती नेपालीहरु त्यहाँ रहेका नेपाली दूतावास लगायत सरकारका विभिन्न निकायमा पुगेर आफू आफ्नै खर्चमा देश फर्कन चाहेको र देश फर्किएर क्वारेन्टाइन लगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी सरकारका सबै नियम पालना गर्न तयाररहेको भन्दै ढोका ढकढक्याइरहेका छन् ।

यस्तो अवस्थामा नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपालीले पनि सरकारको बलियो अभिभावकत्व पाउन नसकेको महसुस गरिरहेका छन् । यतिबेला राज्यले आफू अभिभावक भएको महसुस गराएर दुःखीरहेको घाउमा मल्हम पट्टी लगाएर जनतालाई अभिभावकत्वको महसुस गराउनु पर्ने हो तर सरकार निरही र लाचार जस्तो देखिएको छ । जीवन र मरणको दोसाँधमा रहेका नेपालीहरु आफ्नो मातृभूमी पुकारीरहेका छन् । यतिबेला देशमा लाखौं नेपाली बस्न मिल्ने क्वारेन्टाइनको व्यवस्था गरेर तत्काल देश फर्कने चाहने नेपालीहरुलाई फर्काउने व्यवस्था सरकारले गर्नुपर्ने हो, तर सरकार ‘जहाँ छौं त्यहि सुरक्षित बस’ भन्दै रनभुल्लमा परेको देखिन्छ ।

यस्तो संकटको घडीमा सम्पूर्ण लोभ–लालच र शक्ति–सत्ता भन्दा माथि उठेर तीन करोड नेपाली जनता र देशलाई कोरोनाको भयावह र विकराल अवस्थाबाट जोगाउँदै विदेशमा भएका नेपालीहरुलाई आफ्नो देशमा फर्कन सहज वातावरण बनाउनु राज्यको दायित्व हो । यतिबेला सरकारले संक्रमित सोचसहितको दम्भ त्यागेर फराकिलो छाति बनाएर सर्वदलिय सभा बोलाएर तत्काल नेपाल र नेपाली जनतालाई जोगाउन ठोस रोडम्याप बनाएर कदम चाल्न जरुरी भइसकेको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ११:०९ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...