back
CTIZAN AD

ओलीले छलि गरेको भन्दै एमसीसी विरोधीहरुको आक्रोश

वि.सं.२०७७ जेठ ६ मंगलवार

762 

shares

६ जेठ, काठमाडौँ । राष्ट्रवादी र स्वाभिमानी नेता भनेर हाइहाइ खाने गरेका प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई छलि गरेको आरोप लगाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक सचिवालय सदस्यले प्रधानमन्त्री ओली ढाँट– छल गरेरै शासन चलाइरहेको आरोप लगाएका छन् ।
कारोना महामारीले मुलुक थप प्रताडित बनाएको बेला प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम पुरै तयार पारी सचिवालय बैठक बोलाइएको र ‘बेला यस्तो छ’ भन्दै सरकारको कार्यक्रमलाई आँखा चिम्लेर सहयोग गर्न प्रस्ताव गरिएको पनि उनले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको शारांस सुनाउँदै समर्थनको प्रस्ताव गरिरहँदा सचिवालयमा सीमा सम्बन्धी कुरा ठोस रुपमा उल्लेख गर्नुपर्ने, नक्सा सार्वजनिक गर्ने प्रतिबद्धता आउनु पर्ने र जतिसक्दो छिटो नक्सा सार्वजनिक हुनुपर्ने कुरा बोलिनु पर्ने विषय उठाइएको थियो । नेकपाको एक स्रोतले संसारन्यूजसँग भन्यो ‘सचिवालयमा ती कुरा नपुगेको भए यो विषय प्राथमिकतामा पर्दैनथ्यो ।’

पार्टी प्रक्रिया र पद्धतिलाई मिचेर खोपिभित्रका बदनामी व्यक्तिहरुको उक्साहटमा शासन चलाइरहेको आरोप खेपेका प्रधानमन्त्री ओलीले पुरै तयारी गरेपछि सचिवालयको बैठक बोलाउँदा पढ्ने, हेर्ने र सुझाव दिने वातावरण खासै नरहेको भनि वरिष्ठ नेताहरु आक्रोशित भएका थिए । तर सीमा र नक्सा सम्बन्धी कुरो कार्यक्रममा परेको र नक्सा सार्वजनिक भैसकेको स्थितिमा ‘ओलिको घटेको कद उठिसकेको’ छ । यद्धपी नेकपा उच्च स्रोतले ‘ढोंगी राष्ट्रवाद’ एक्लै हुँदा अराजकतामा पुग्छ र समूहमा पर्दा नियन्त्रीत हुन्छ भन्दै ओलीको नियतमा खोट थिएन भन्ने ठाउँ नरहेको बताएको छ ।

पार्टीलाई थाहै नदिइ दल फुटाउने अध्यादेश ल्याइएको, समाजवादीका सांसदहरु काठमाडौँ ल्याउन लकडाउन उल्लंघन गरिएको, पार्टीको विधि, नीति र पद्धती भनेकै आफ्नो मनोमौजीका रुपमा देखाइएको जस्ता तर्क सचिवालय बैठकमा उठेका थिए । चलाख प्रधानमन्त्रीले वामदेवलाई नयाँ ढंगले थुम्थुम्याएर र बादललाई ‘पानी नपार्ने बनाएर’ सचिवालय बैठक आयोजना गरेपछि उनले ‘अब आइन्दा पार्टी पद्धती मान्छु भनेर आत्मालोचना गरेको’ पनि सार्वजनिक भएको थियो ।

तर सो बैठकको १ हप्ता नबित्दै ओलीले आफ्नो पुरानो पारा देखाइहालेको विश्लेषण नीति तथा कार्यक्रममा प्रत्यक्ष अनुभूत भयो । ओलीले एमसीसीको बुँदा मज्जैसँग छिराइदिए । ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली बुटबल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाउनुपर्ने’ विषय त्यहाँ उल्लेख गरियो, जुन कुरो एमसीसीको प्रस्तावमा प्रष्टै रहेको छ ।

‘सरकार कस्ले चलाएको छ ? पार्टीले चलाएको भए त पार्टीको प्रतिवेदन अनुरुप हुन सक्नु पर्दथ्यो ?’ यो प्रश्न नेकपामा जब्बर उठेको छ । नक्साको हल्लाले एमसीसीको मौन कार्यान्वयन सहज हुने अनुभूति प्रधानमन्त्रीले गरेको हुनुपर्दछ । नीति तथा कार्यक्रममा रहेको उक्त वाक्यांशका बारेमा पहिलो विरोध संसदमै नरहेका प्रभावशाली स्थायी समिति सदस्य लीलामणि पोखरेलले सञ्जालमार्फत गरेका थिए ।

एमसीसीका बारेमा गत माघ १९ गते नेकपाले बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्यहरु भीम रावल तथा प्रदिप ज्ञवाली मध्ये संयोजक झलनाथ खानाल र भीम रावलले कार्यदलको प्रतिवेदनमा राखिएको कतिपय बुँदा ‘संसोधन र परिमार्जन नगरी पास गर्नै नहुने’ कुरा स्मरण गराउँदै प्रधानमन्त्री, पार्टी अध्यक्ष, सचिवलाय र स्थायी समितिलाई समेत बोधार्थ दिएर पत्र नै पठाइसकेका छन् । नेकपाकै केन्द्रीय सदस्य नारायण शर्माले एमसीसी खारेज अभियानमार्फत सभामुख र सांसदहरुलाई एसएमएस अभियान चलाएका छन् भने देव गुरुङ, स्वनाम साथी, जगन्नाथ खतिवडा लगायतका नेताहरुले एमसीसीको राष्ट्रघात सह्य हुनै नसक्ने बताएका छन् ।

नेकपाभित्र एमसीसीको पक्षमा निकै सानो मत भएपनि नेपाली काँग्रेस र प्रतिपक्षि नेता शेरबहादुर देउवा लगायतले प्रधानमन्त्री ओलीलाई यस विषयमा भने प्रत्यक्षै साथ दिएका छन् । ओली कुनै हालतमा एमसिसि पास गराउने तयारीमा छन ।

फाइल तस्विर

वि.सं.२०७७ जेठ ६ मंगलवार १४:४४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...