back
CTIZAN AD

कविताः राष्ट्रको जमिन पराइको हुँदैन

वि.सं.२०७७ जेठ १० शनिवार

705 

shares

मैले देश छाडे पनि
देशभक्ति छाडेको छैन
मैले देश छाडे पनि
अधिकार छाडेको छैन

मैले आफ्नो नामको जमिन
उपभोग नगरे पनि स्वामित्व छाडेको छैन
कारणवस दाइभाइले जमिन उपभोग
गरे पनि स्वामित्व सरेको छैन

मेरो जन्म कुनै साल मिती घडी पल
समय र मौसममा भयो
त्यसैले मेरो जन्म मौसमी नै हो
म मौसमी नै हु

नेपाल पनि पृथ्वी जस्तै कुनै साल मिती
समय र मौसम मै जन्मिएको हो
यसको आफ्नो जमिन र
सिमाना कोरिएकै छ
इतिहासले यही भन्छ
कलापानी, लिपुलेक, लिम्पियाधुरा
नेपाल कै हो
इतिहास तथ्य प्रमाण साक्षी छ
संधियारले यही भन्छ

कारणवस भारतलाइ नेपालले
भारतको सेना राख्न दियो
यो गलत हो तर पनि यो इतिहास हो

नेपालको जमिनमा
भारतले सेना राख्दैमा
नेपालको जमिन भारतले
उपयोग गर्दैमा
नेपालको जमीन र स्वामित्व गुम्दैन

नेपालले आज आफ्नो जमिन
समावेश सहित
नक्शा जारी गरेको छ
नेपालले आज संसार सामु
उक्त जमिन मेरो भन्ने
दाबी गरेको छ
दाबी गरेको साल मिती
घडा पल र मौसम छ
त्यसैले यो दाबी मौसमी र
आधिकारिक छ

जुन इतिहास बनि सकेको छ
प्रत्येक नेपालीले
कुन साल र मौसममा हो
सम्झना गर्ने छ
त्यसैले यो मौसमी नै हो
त्यसैले यो आधिकारिक नै हो

भन्नेहरूलाइ त जे भन्न पनि
छुट छ
जस्ले हिजो आफ्नो भूमि भन्न
छुटाएका थिए
जस्ले हिजो आफ्नो भ्ूमि
बनाउन छुटाएका थिए

ती राष्ट्रवादी बन्दै बनेनन
ती अधिकारी र मौसमी बन्नै सकेनन
नेपालको जमिन नेपालले
आफ्नो नक्शामा राख्दा
कसरी कथाकथित र
नक्कली राष्ट्रवाद बन्यो

हिजो नक्शामा छुटाउदा
कस्तो र कस्को पक्षको
राष्ट्रवाद थियो
छुटेको नक्शामा छुटेको
जमिन राखी नक्शा बनाउदा
कसरी नक्कली राष्ट्रवाद भयो

बरू नक्शामा जमिन
नहुदा चुप लाग्ने
आज नक्शामा जमिन
राख्दा चुप हुन नसक्ने पो
नक्कली र कथाकथित
राष्ट्रवादी भनिनु पर्ने हो

इतिहास र प्रमाणले यही भन्छ
आफ्नो जमिनको दाबी गर्ने
रक्षा गर्ने नै सच्चा राष्ट्रवादी हुन्छ

नेपालले सेना राख्न दिनु
नेपालको गल्ति थियो
नेपालको जमिनमा भारतिय सेना
आउादा बस्दा चनि नबोल्नु
आज सम्म चुप रहनु चनिको गल्ति हो
युद्ध सकिए पछि भारतयि सेनाले
नेपालको भूमि नछोड्नु भारतको गल्ति हो
युद्ध सकिएपछि सेना हटाउन
पहल नगर्नु नबोल्नु नेपालको गल्ति हो

भारतको सेना आज सम्म
नेपालको जमिनमा रहदा
विस्व नबोल्नु विस्वको गल्ति हो
कसैको स्वार्थको लागि
बलियाको स्वार्थको लागि
कोही नबोल्नु अन्याय पनि हो

मिसाइलको युगमा
भाइरसको युगमा
कसैको जमिन
कसैको अधिकार खोस्न खोजिनु
भाइचारा र मानवता हराउनु हो

आफ्नो जमिनमा बस्न
दिने नेपाल छ
नेपालको जमिनमा बस्ने
भारत छ
सन्धी र सम्झौताका
साक्षी बेलायत छ
सिमाना जोडिएको
संधियार चीन छ
बिश्व हेर्ने देख्ने र जानकारी राख्ने
विश्वका राष्ट्रहरू र राष्ट्रसंघ छ

कुन जमिन कस्को हो भन्ने
कतै न कतै कसैसँग
तथ्य प्रमाण र इतिहास होला

नेपालले आफ्नो जमिन चाहेको छ
नेपालले आफ्नो अधिन र
अधिकार खोजेको छ
नेपालसँग तथ्य र प्रमाण छ
हेर्ने र फैसला गरि दिने
संस्था र माध्यम चाहेको छ

न्याय तथ्य र सत्यको
फैसला हुन्छ भने
नेपालले फैसला
खोजेको छ
नेपालले आफ्नो जमिन
रोजेको छ

देश छोडिदैमा नागरिकको अधिकार
छोडिएको मानिदैन
अन्यको जमिन कसैले उपयोग गर्दैमा
स्वामित्व गुमेको मानिदैन
राष्ट्रको जमीनमा कोही
पराइ आइ बस्दैमा
राष्ट्रको जमिन पराइको हुदैन

वि.सं.२०७७ जेठ १० शनिवार ०८:४८ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...