back
CTIZAN AD

कविता: मलर सदा !

वि.सं.२०७७ जेठ १० शनिवार

912 

shares

ढलें म भोकले ढलें
सुकेको रुखझैं ढलें
समाजवाद हेर म
सामान्य भोकले ढलें !

मलाई मर्न मन थियो
लडेर भव्य युध्दमा
मलाई मिल्न मन थियो
प्रसान्त शान्त वुध्दमा !
मिलेन त्यो महा खुसी
म खेत बारीमा ढलें
मलर सदा म निम्छरो
सामान्य भोकले ढलें !

छ खेत बारी वन्जर
छ हातमा परिश्रम
छ सिप सिंचने धरा
छ सोचमा पराक्रम
छ खेत बारी किन्तु त्यो
म जोत्नबाट दूर छु
र छैन जोतको हक
म क्रोधबाट चुर छु
थिए अनन्त स्वप्न ती
बिसाई खेतमा ढलें
मलर सदा म निम्छरो
सामान्य भोकले ढलें !

थिएन मासु–भातले
अजिर्ण बन्ने कल्पना
थिएन मागी चोरी या
लुटेर खाने भावना
थियो त हात पाउ यी
बजारी खान पाऊँ म
थियो त आफ्नु दुखको
कमाई मात्र खाऊँ म
म हात पाउ खाली भै
चुलो चिसो बनी ढलें
मलर सदा म निम्छरो
सामान्य भोकले ढलें !

वि.सं.२०७७ जेठ १० शनिवार ०८:५० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...