कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो
छट्पटिदै रुम भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ
केही छैन समाधान बस्छु घरभित्र
खोली हेर्छु तड्पियर उन्कै मानचित्र
भेट हुने होकि होइन थोरै आशा मात्र
भित्र भित्रै जलिसक्यो बच्यो सास मात्र
आखा भित्र सानू तिमी मधुरो छ बोली
कल्पना मै बितिराछ प्रीय आजभोलि ।
वि.सं.२०७७ जेठ १० शनिवार १२:४३ मा प्रकाशित





























