back
CTIZAN AD

कोरोना संक्रमित युवाले यसरी सुनाए क्वारेन्टाइनको आइसोलेसनमा बस्दाको पीडा

वि.सं.२०७७ जेठ १० शनिवार

807 

shares

१० जेठ, सुर्खेत । दैलेखको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उनलाई सो अस्पताल ल्याइएको हो । त्यसअघि ती युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार सङ्क्रमित युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा छन् । कर्णालीको पहिलो कोरोना सङ्क्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताए । “चिकित्सकहरूले राम्रो उपचार हुन्छ, नआत्तिनुस्, तपाईंलाई सुर्खेत लैजाँदैछौँ भनेर एम्बुलेन्समा बसाल्नुभो”, उनले दुखेसो पोखे, “कोरोना पोजेटिभ भएको सुन्दा मलाई त्यति दुःख लागेन, बरु प्रदेश अस्पतालमा लैजाने भनेर जङ्गलको बीचमा रहेको विद्यालयमा राख्दा साह्रै मन दुख्यो ।”

उनलाई विद्यालयको हलमा राखियो । तीन नर्स र एक चिकित्सक अर्को भवनको कोठामा बस्थे । शैथ्या र एउटा थर्माेमिटरबाहेक अरु केही थिएन । विद्यालयको आइसोलेसनमा रहँदाको अनुभव सुनाउँदै भने, “क्वारेन्टिनबाट नारायण नगरपालिकाको विद्यालयमा ल्याएको दिन रक्तचाप र ज्वरो नापियो, नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर, तर फर्केर कोही आएनन्, त्रासैत्रासमा बसेँ, बेला–बेलामा आफैँ ज्वरो नापेर नर्सलाई फोन गरी जानकारी दिन्थेँ ।”

परिवार अत्तालिएका छन् अब बाँच्दैन कि भनेर । “मलाई केही हुँदैन भन्छु, तर भित्रभित्रै आफैँलाई भने डर लागिरहेको छ । मलाई अस्पताल नलगी यतै स्कूलमै राखेर मार्ने त होइनन् भन्ने मनमा लागिरहन्थ्यो”, टेलिफोनमा उनले भने, “जब हिजोमात्रै सुर्खेत आइयो, त्यसपछि बाँचिन्छ होला भन्ने अलि आँट आएको छ ।”

सङ्क्रमण पत्ता लागेपछि अस्पतालमा राखेर उपचार गर्नुका साटो उल्टै तनाव दिएको ती युवाको गुनासो छ । आफू पहुँचविहीन दलित समुदायको भएकाले उपचारमा बेवास्ता गरिएको उनको बुझाइ छ । यही जेठ ३ गते प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको प्रयोगशालाको टिमले ती युवासहित सात्तला लक्ष्मी मावि क्वारेन्टिनमा रहेका ३९ जनाको स्वाब सङ्कलन गरेको थियो । जेठ ५ गते पिसीआर परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको थियो ।रासस

सांकेतिक फोटो

वि.सं.२०७७ जेठ १० शनिवार १५:४६ मा प्रकाशित

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...