१२ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्म ४ हजार २४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १ सय १३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ५६ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ५४ लाख ९७ हजार ९ सय ९८ पुगेको छ भने ३ लाख ४६ हजार ६ सय ८५ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ जेठ १२ सोमवार ०७:३७ मा प्रकाशित






























