back
CTIZAN AD

घट्यो व्यापार घाटा

वि.सं.२०७७ जेठ १२ सोमवार

924 

shares

१२ जेठ, काठमाडौं । कोरोना भाईरसको माहामारीको कारणले सरकारले जारी राखेको वन्दाबन्दिमा व्यापार घाटामा केहि कमि आएको छ । भन्सार बिभागले सार्बजनिक गरेको चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्कमा यस्तो देखिएको हो । बिभागको तथ्याङ्क अनुसार आयत तर्फ १२.९९ प्रतिशतले गिरावट आएको छ । गत वर्ष वैशाखसम्ममा ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख ८२ हजार बराबरको बस्तुहरु आयत भएकोमा चालु आ.ब.को सोहि अवधिमा १० खर्ब २५अर्ब १३ करोड ७७ लाख ८३ हजारको बस्तुहरुको आयत भएको छ ।

त्यस्तै निर्यात तर्फ ४.५ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष ७८ अर्ब ५३ करोड ३९ लाख २४ हजार रुपैंयाँ बराबरको बस्तुहरुको निर्यात भएकोमा चालु आ.ब.को सोहि अबधिमा ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैंयाँ बराबरको बस्तुको निर्यात भएको छ ।

                                                                                                           रु हजारमा

व्यापार घाटामा १४.२४ प्रतिशतले कमि आएको छ । गत बर्ष १० खर्ब ९९ अर्ब ६० करोड ५५ लाख ५९ हजार रुपैंयाँको व्यापार घाटा भएकोमा चालु आबको सोहि अबधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैंयाँ व्यापार घाटा भएको छ ।
कूल बैदेशिक व्यापारमा ११.८९ प्रतिशतले कमि आएको छ । १२ खर्ब ५६ अर्ब ६७ करोड, ३४ लाख ६ हजार कूल वैदेशिक व्यापार भएकोमा चालु आ.ब.को सोहि अबधिमा ११ खर्ब ७ अर्ब २० करोड २५ लाख ५२ हजार बराबरको बैदेशिक व्यापार भएको छ । यो आयत निर्यातको अनुपात १६.७३ प्रतिशतले कम हो ।

चालु आ.ब.को पछिल्ला दुई महिना बन्दाबन्दिका कारण अत्याबस्यकीय सामग्रीहरुको आयत निर्यात बाहेक सबै ठप्प छ । औषधि जन्य सामाग्री, खाद्यान्य र केहि औद्योगिक कच्चा पदार्थ बाहेक प्राय ठप्प छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार १२:२५ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...