back
CTIZAN AD

विदेशबाट नेपालीहरुलाई छिट्टै नेपाल फर्काइने

वि.सं.२०७७ जेठ १२ सोमवार

741 

shares

१२ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा समस्यामा परेका नेपालीहरुलाई छिट्टै नेपाल फर्काइने बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले उनले कोभिड १९ को विश्वव्यापी रुपमा परेको असहज परिस्थितिमा स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीहरुलाई छिट्टै घर फर्काइने जानकारी दिँदै यसका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई निश्चिन्त रहन आग्रह गर्दै असहज परिस्थितिमा स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धी बृस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताएका छन् । विश्वका जुनसुकै कुनामा रहेका आफ्ना देशवासीहरुलाई सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन आग्रह गरेका छन् ।

आफूले ठूलो संख्यामा नेपाली कार्यरत मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग गम्भिर संवाद गरिरहेको जानकारी गराउँदै उनले नेपालीहरुको अप्ठ्यारोमा सहयोग गर्न आफूले गरेको आग्रहमा उनीहरुले निश्चिन्त रहन आश्वस्त पारेकोसमेत सम्बोधनका क्रममा बताएका छन् ।

उनले भनेका छन् ‘सरकार आफ्ना नागरिको समस्याप्रति संवेदनशिल रहेको छ र समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने छ ।’

वि.सं.२०७७ जेठ १२ सोमवार १८:३३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...