१२ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना डिस्चार्ज भएका छन् । जसमा ९ महिला र १५ जना पुरुष रहेका छन् ।
पछिल्लोपटक डिस्र्चाज हुनेमा पाटन अस्पतालमा उपचाररत काठमाण्डौं, धादिङ, दाङ, धनुषा र बर्दियाका १/१ जना डिस्चार्ज भएका हुन् । उनीहरु ९ देखि १० दिनसम्मको उपचारपछि संक्रमणबाट मुक्त भएका हुन् ।
त्यसैगरी टेकु अस्पतालमा उपचाररत सर्लाहीका ३४ वर्षीय पुरुष पनि संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनी अस्पताल भर्ना भएको पाँचै दिनमा डिस्चार्ज भएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १११ पुगेको छ ।
आइतबार बेलुका नारायणी अस्पताल विरगन्जबाट पर्सा छपकैयाका एकै परिवारका ४ महिनाका बालकदेखि ६६ वर्षसम्मका रहेका छन् । उनीहरु २१ दिनको उपचारपछि घर फर्किएका हुन् ।
हालसम्म डिस्चार्ज हुनेमा प्रदेश १ मा २६, प्रदेश २ मा ३३, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३४ र सूदूरपश्चिम प्रदेशमा ५ जना निको भएका हुन् ।
हालसम्म निको भएका १११ जनामा ८३ जना पुरुष र २८ जना महिला रहेका छन् ।
photo-Agency
थप १८ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १०५ पुग्यो
वि.सं.२०७७ जेठ १२ सोमवार १७:३१ मा प्रकाशित






























