back
CTIZAN AD

थप १८ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १०५ पुग्यो

वि.सं.२०७७ जेठ १२ सोमवार

828 

shares

१२ जेठ, काठमाण्डौं । नेपालमा थप १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पर्साको विरगन्जस्थित नारायणी अस्पतालको आइसोलेनमा भर्ना भएर उपचार गराएका १८ जना कोरोना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अस्पतालका अनुसार वीरगन्ज ३ छपकैयाका एकैपरिवारका १८ जना आइतबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ४ महिने शिशु, ३ देखि १३ वर्षका तीन बालिका र तीन देखि १५ वर्षका ६ बालक, ३२ देखि ६२ वर्षका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ ग्ते कोरोना संक्रमण देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका क्रममा अन्य १७ जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

नारायणी अस्पतालबाटै शनिबार पनि ७ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए ।
आइतबार डिस्चार्ज भएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १०५ पुगेको छ ।

आज रुपन्देहीमा १० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८७ पुग्यो

वि.सं.२०७७ जेठ १२ सोमवार १०:२४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...