back
CTIZAN AD

हालसम्म साढे ५१ हजार पिसीआर परीक्षण, ६८२ कोरोना संक्रमित, आइसोलेशनमा ५६७ जना, यस्तो छ अन्य विवरण

वि.सं.२०७७ जेठ १२ सोमवार

696 

shares

१२ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (१२ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ४६ हजार ८३४ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८,०७० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ५१ हजार ६४२ र आरडिटी प्रविधिबाट ९५ हजार १५२ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,९०४ पिसीआ र ५,१६६ र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा १०,८२७, प्रदेश नं २ मा ६,४६८, बाग्मती प्रदेशमा २३,३१३ गण्डकी प्रदेशमा ७,७०१ प्रदेश नं ५ मा १६,२१५, कर्णाली प्रदेशमा १०,०५८ र सुदूरपश्चिम प्रदेशमा २०,६१० वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,६७७ प्रदेश नं २ मा ९,०२६ बाग्मती प्रदेशमा ८७६, गण्डकी प्रदेशमा १,६८८, प्रदेश नं ५ मा २०,४६३ , कर्णाली प्रदेशमा ३,९९१ र सुदूरपश्चिम प्रदेशमा ८,३०६ जना रहेको स्वास्थ्य मन्त्रालयले सोमबार (जेठ १२ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसनमा
हालसम्म ७ प्रदेशका ४३ जिल्लाका विभिन्न अस्पतालमा ५६७ जना आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ६०, प्रदेश २ मा २०१, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा २५६, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ७ जिल्लाका ८०, प्रदेश २ का सबै जिल्ला (८) का २३५, बाग्मती प्रदेशका ११ जिल्लाका ३८, गण्डकी प्रदेशका ३ जिल्लाका ५, प्रदेश नं ५ का ७ जिल्लाका २९२, कर्णाली प्रदेशका २ जिल्लाका ११ र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १५ जना रहेका छन् ।

संक्रमणबाट मृतकको संख्या ४ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

स्वास प्रश्वासमा समस्या भएर गत जेठ २ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका उनको आइसीयुमा राखेर उपचार गर्ने क्रममा जेठ ४ गते मृत्यु भएको थियो । उनमा कोरोना संक्रमणको आशंकमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा संकास्पद देखिएपछि पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । हाल उनको सम्पर्कमा रहेका सबैको कन्ट्रयाक ट्रेसिङ गरेर परीक्षणको क्रम चलिरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

आज थपिएका ७९ संक्रमितसँगै संक्रमितको संख्या ६८२ पुग्यो
नेपालमा आजमात्रै ७९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लोपटक थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक पुष्टि भएका ७ जनामा सेती अस्पतालमा गरिएको परीक्षणमा अछाम मेललेकका ३२ वर्षीय पुरुष, भेरी अस्पतालमा गरिएको परिीक्षणमा गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा जीरा भवानी गाउँपलिका ४ को क्वारेन्टाइनमा रहेका पर्साका १८ वर्षीय र बाराको कलैयामा कार्यरत काठमाण्डौंका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जेठ ४ गते नेशनल मेडिकल कलेज विरगन्जमा मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ६८२ पुगेको हो ।

चौबिस घण्टामा २४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १११ पुग्यो

निको हुनेको संख्या ११२ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् । जसमा १० महिला र १५ जना पुरुष रहेका छन् ।
पछिल्लोपटक डिस्र्चाज हुनेमा पाटन अस्पतालमा उपचाररत काठमाण्डौं, धादिङ, दाङ, धनुषा र बर्दियाका १/१ जना डिस्चार्ज भएका हुन् । उनीहरु ९ देखि १० दिनसम्मको उपचारपछि संक्रमणबाट मुक्त भएका हुन् ।

त्यसैगरी टेकु अस्पतालमा उपचाररत सर्लाहीका ३४ वर्षीय पुरुष पनि संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनी अस्पताल भर्ना भएको पाँचै दिनमा डिस्चार्ज भएका हुन् । साथै कपिलवस्तुको तौलिहवाकी एक स्वास्थ्यकर्मी पनि कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।

त्यस्तै आइतबार बेलुका नारायणी अस्पताल विरगन्जबाट एकै परिवारका १८ जना निको भएका छन् । उनीहरु पर्सा छपकैयाका एकै परिवारका ४ महिनाका बालकदेखि ६६ वर्षसम्मका रहेका छन् । उनीहरु २१ दिनको उपचारपछि घर फर्किएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेमा प्रदेश १ मा २६, प्रदेश २ मा ३३, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३४ र सूदूरपश्चिम प्रदेशमा ५ जना निको भएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११२ पुगेको छ ।

टिचिङ अस्पतालमा पनि कोरोना परीक्षण सुरु
काठमाण्डौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पनि आइतबारदेखि कोरोना भाइरसको नमुना परीक्षण गर्न सुरु गरिएको छ । यो सँगै देशैभरी २० वटा प्रयोगशालाबाट पिसीआर परीक्षण गरिन्छ ।

आजसम्म झण्डै ४९ हजार पिसीआर परीक्षण, ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण र आइसोलेसनमा ५१३ जना

वि.सं.२०७७ जेठ १२ सोमवार १९:०५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...