back
CTIZAN AD

आजसम्म झण्डै ४९ हजार पिसीआर परीक्षण, ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण र आइसोलेसनमा ५१३ जना

वि.सं.२०७७ जेठ ११ आइतवार

711 

shares

११ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (११ जेठ सम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ३८ हजार ८४१ कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण संख्या ६,६५४ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म ४८ हजार ८१५ पिसीआर परीक्षण र ९० हजार २६ आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा आरडिटी प्रविधिबाट ३,७९८ र पिसीआर प्रविधिबाट २,८५६ नमुना परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा १०,२५४, प्रदेश नं २ मा ६,३४४, बाग्मती प्रदेशमा २२,८११ गण्डकी प्रदेशमा ७,७०१ प्रदेश नं ५ मा १३,२६७, कर्णाली प्रदेशमा ९०३९ र सुदूरपश्चिम प्रदेशमा २०,६१० जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ३९ हजार ८०४ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,४५० प्रदेश नं २ मा ८,२३८ बाग्मती प्रदेशमा ५६२, गण्डकी प्रदेशमा ८८२, प्रदेश नं ५ मा १९,५२५ कर्णाली प्रदेशमा ३००४ र सुदूरपश्चिम प्रदेशमा ६,१४३ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबार (जेठ ११ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी आजसम्म आइसोलेसनमा रहने ( पुष्टि भएका केसहरु) को संख्या ५१३ पुगेको छ । प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा १६६, बाग्मती प्रदेशमा २४, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना रहेका छन् ।
त्यसैगरी आजसम्म रेडजोनमा (संभावित संक्रमितको) रहनेको संख्या ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएका हुन् ।

आज रुपन्देहीमा १० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८७ पुग्यो

कुन प्रदेशमा कतिजना निको भए त ?
हालसम्म संक्रमित भेटिएका ६०३ मध्ये हालसम्म ८७ जना निको भएर घर फर्किएका छन् । प्रादेशिक विवरण अनुसार हालसम्म निको हुनेमा प्रदेश १ मा २६, प्रदेश २ मा १३, बाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

काठमाण्डौं सोह्रखुट्टेका १ सहित थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

आज १९ जनामा संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
नेपालमा काठमाण्डौं १६ खुट्टेका ६९ वर्षीय पुरुष सहित थप १९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका १९ जनामा नुवाकोटमा पनि पहिलोपटक एक संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगन्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, पर्साकै वारामा कार्यरत ३४ वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष र रुपन्देही सम्मरीमाइका ४० र ५० वर्षीय र रुपन्देही १ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी काठमाण्डौं साह्रो खुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैराती-३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । साथै गुल्मी मदाने गाउँपलिका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म संक्रमित देखिएका ६०३ जनामध्ये पुरुष ५२४ र महिलाको संख्या ७९ जना रहेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
आजसम्म संक्रमित व्यक्ति भेटिएकामध्ये प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का सबै जिल्लामा १७९ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश नं ५ ७ जिल्लामा २८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना रहेका छन् । हालसम्म ४२ जिल्लामा संक्रमितहरु भ्ेटिएका हुन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८७ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८७ पुगेको छ । आज (जेठ ११ गते) बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालबाट १० जना संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएका छन् । उनीहरुको लगातारको पिसीआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी शनिबार विरगन्जको नारायणी अस्पतालबाट निको भएका भनिएका ९ जनामा दुई जनाको पुनः रिर्पोट पोजेटिभ आएकाले उनीहरुलाई त्यहि राखेर उपचार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार शनिबार ७ जनामात्र कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

 नेपालमा हालसम्म झण्डै ४६ हजार पिसीआर परीक्षण, ५८४ जनामा कोरोना संक्रमण, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ ११ आइतवार १८:४१ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...