back
CTIZAN AD

साउदीमा कोरोना संक्रमितहरु निको हुने क्रम बढ्दो, लकडाउन खुकुलो बनाउँदै साउदी सरकार

वि.सं.२०७७ जेठ १४ बुधवार

618 

shares

१४ जेठ, काठमाण्डौं । साउदीमा कोरोना संक्रमितहरु निको हुने संख्या दिनहुँ बढिरहेको छ भने दैनिक संक्रमित हुनेको सख्या पनि घटिरहेको छ ।

साउदी अरबमा २६ मे सम्म संक्रमित भएका ७६ हजार ७२६ मध्ये निको हुनेको संख्या ४८ हजार ४५० पुगेको छ ।

त्यसैगरी दैनिकरुपमा कोरोना संक्रमित २ हजार भन्दा माथि भएपनि हाल दुईहजार भन्दा कम संक्रमित भएको त्यहाँको सरकारी अधिकारीले दिएको तथ्यांकले देखाएको छ । साथै संक्रमणबाट निको हुनेको संख्या पनि उत्साहजनक रहेको बताइएको छ ।

त्यसैगरी साउदीमा ७६ हजार भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु हुनेको संख्या एकदमै कम छ । साउदीमा हालसम्म ४११ जनाको मात्रै मृत्यु भएको छ ।

लकडाउन र कफ्र्युको व्यवस्था केही खुकुलो
साउदी सरकारले रमदान र ईद पर्वको समाप्तिसँगै कोरोना संक्रमण नियन्त्रणमा विगत दुईमहिना भन्दा लामो समयदेखि लगाएका केही बन्देजका प्रावधानहरुलाई विभिन्न ३ चरणमा विभाजन गरी खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचना श्रोतलाई उल्लेख गर्दै साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार पहिलो चरण (मे २८ देखि मे ३०, २०२० सम्म) मा मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिएको छ भने बाँकी समय लकडाउन हुनेछ ।

यस अघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने भएका छन् भने सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटी शैलुन, स्र्पोटस् क्लव, हेल्थ क्लव, मनोरन्जनका क्षेत्र तथा सिनेमाहललगायत यथावतरुपमा बन्द रहनेछन् ।

त्यसैगरी ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ । साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्णपालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

उक्त सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभएसम्मका लागि स्थगित नै रहने बुझिएको छ ।

यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् भने दोस्रो चरणमा ब्युटी ब्युटी शैलुन, स्र्पोटस् क्लव, हेल्थ क्लव, मनोरन्जनका क्षेत्र तथा सिनेमाहललाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

सादीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ भने १३ सय भन्दा बढी संक्रमित छन् । उनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको र निको हुनेको संख्या पनि उत्साहजनक रहेको नेपाली दूतावास साउदीले जनाएको छ ।

वि.सं.२०७७ जेठ १४ बुधवार १४:०६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...