back
CTIZAN AD

फौजी किराका कारण किसान चिन्तित

वि.सं.२०७७ जेठ १६ शुक्रवार

864 

shares

१६ जेठ, दोलखा । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो किराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो किराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा किरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा किरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिए ।

यसैगरी मेलुङ, तामाकोशी, वैत्येश्वर, कालिञ्चोक तथा शैलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा सो किराको जोखिम रहेको छ । गतवर्ष पनि जिल्लाको मेलुङ गाउँपालिकाले पवटी तथा वैत्येश्वर गाउँपालिको केही क्षेत्रमा किराको प्रकोप देखिएर नियन्त्रणमा आएको भए पनि यो वर्ष धेरै क्षेत्रमा फैलिएको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका कार्यक्रम संयोजक मकैवाली विज्ञ नारायणबहादुर धामीले बताए ।

उनका अनुसार यो किरा रातिको समयमा सक्रिय हुने र एउटा किराले जीवन अवधिमा एक ५०० देखि दुई हजारसम्म फूल पार्न सक्ने जानकारी दिए । यसको प्युपा अवस्था माटोमुनि छदेखि आठ सेमीसम्म जानसक्ने र गर्मीमा आठदेखि नौ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म किरा सक्रिय रहने र सातदेखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमै बाली सखाप पार्ने गरेको उनले बताए ।

सो किरा नियन्त्रणका लागि जिल्लाको नौवटै स्थानीय तह सक्रिय हुँदैे किसानलाई आवश्यक विषादी, उपकरण तथा प्राविधिक उपलब्ध गराएका छन् । (रासस)

वि.सं.२०७७ जेठ १६ शुक्रवार १६:१७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...