२३ जेठ, काठमाडौँ । अन्ततः अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोईडको हत्याका अभियुक्त प्रहरीहरु कानुनको कठघरामा उभ्याइएका छन् । न्यायिक आन्दोलनको उभार र दवाबले यसपाली अभियुक्तहरुलाई कानुनको काठघराका उभ्याउन अमेरिकी जनता सक्षम भएका हुन ।
मिनियापोलिसका अटर्नी जेनरल किथ एलिसनले क्रुर निर्दयी हत्यारा अभियुक्त स्वेत प्रहरी अधिकृत डेरेक चाभिनका बिरुद्धमा पहिलेको अभियोगलाई अपग्रेड गरेर बिहिबार सेकेन्ड डिग्री मर्डर र सेकेन्ड डिग्री म्यानस्लटर चार्ज अन्तरगतका अभियोग दर्ता गराएका छन भने न्यायिक आन्दोलनको दवाबले अन्य तीन जना अभियुक्त प्रहरीहरुलाई पनि जर्ज फ्लोईडको हत्यामा सहयोगी भएको भन्दै सोही मुताविकको अभियोग विधिवत दर्ता गरिएको अमेरिकाबाट संचारककर्मी शैलेस श्रेष्ठले जानकारी दिएका छन् ।
क्रिमिनल जस्टिसका बिज्ञहरुका अनुसार यो सरकारबादी मुद्दामा बादीले माग गरे अनुसारकै सजाय तोकियो भने पनि अभियोगको अबधि १० बर्षदेखि ४० बर्षसम्म मात्रको हुनेछन । त्यस बिचमा लामो अनि झन्जटिलो कानुनी बहस हुनेछन र केशक छिनो फानो हुन बर्षौं लाग्न सक्नेछ । बिगतमा यस्ता केशहरु आन्दोलन मत्थर हुनासाथ तुहिने र प्रहरीहरुले सफाई पाउने गरेका छन । आमडु दियालोको केशदेखि एरिक गार्नरको केशमा त्यस्ता नजिरहरु स्थापित भएका छन ्र यसै पनि अमेरिकामा रंग, वर्ण अनि औकात हेरेर न्याय सम्पादन गरिन्छ ।
तर यसपाली त्यस्तो हुने सम्भावना नितान्त न्यून छ किनकी यो न्यायिक आन्दोलनले क्रिमिनल जस्टिस र रेसियल जस्टिस सिस्टममा संस्थागत परिवर्तन र परिमार्जन ल्याउने सम्भावना बढेको छ । उदार र प्रगतिशील सिटी काउन्सिलहरुले पुलिस रिफर्म बिधेयकहरु टेबल गर्न थालिसकेका छन । डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन हाउसमा भोली कंग्रेसनल ब्लाक ककसले नयाँ बिधेयक प्रस्तुत गर्दैछन ।
एकजना निहत्था अस्वेत फ्लोईडलाई ८ मिनेट ४६ सेकेन्ड घुँडाले थिचेर मारिएको छ तर त्यो क्रुर निर्दयी पासविक दृश्य हेर्ने अमेरिकाबासी केही बौद्धिक दरिद्रहरु अहिले कालेले लुट्छ, पिट्छ, ठग्छ, फूड स्ट्याम्प खाएर बस्छ, काम गर्दैन भनेर फेसबुकमा पोस्ट गर्दै आफ्नो परपीडक क्रुर अमानवीय प्रबृत्तिको सार्वजनिकरण गरिरहेका छन् ।
वि.सं.२०७७ जेठ २३ शुक्रवार १०:५७ मा प्रकाशित





























