२६ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्म ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ४ सय ८६ पुगेको छ ।
हिजो मात्र १० हजार ८ सय ६४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ६१ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ७० लाख ९१ हजार ६ सय ५९ पुगेको छ भने ४ लाख ६ हजार १ सय ९५ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ जेठ २६ सोमवार १०:३३ मा प्रकाशित






























