back
CTIZAN AD

रुपन्देहीमा श्रीमान-श्रीमतीसहित ५ जनाको हत्या

वि.सं.२०७७ जेठ २७ मंगलवार

894 

shares

२७ जेठ, काठमाण्डौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं १० मा पाँचजनाको हत्या भएको छ ।

वडा नं १० को मैनहवा गाउँमा स्थानीय कृष्ण बहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत कामदारहरु श्रीमान श्रीमतीसहित ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग बहादुर क्षेत्रीका अनुसार सोमबार राति भएको उक्त घटनामा फार्ममा कार्यरत माधब मुसहर र उनकी श्रीमती जानकी मुसहर तथा फार्ममा कार्यरत १४ वर्षीय टोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको हो । घटनास्थलमै रहेका डिएसपी क्षेत्रीका अनुसार उनीहरुको फरुवाले हानेर हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा पाँचमध्ये चारजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०८:१८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...