-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

उत्तर कोरियाले दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा



Conflict between South Korea and North Korea, male fists – governments conflict concept

२७ जेठ, काठमाडौँ । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ ।

दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ ।

दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुबै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।

केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् ।

उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क संजालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क संजाल बन्द गर्नु परेको जनाएको छ ।

उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकाँक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए ।

सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाई छ । पटक पटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिइआएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं