back

एमसीसीकै कारण सरकार नै दुर्घटनामा ! मुख्य नेताहरु भन्छन् ‘कुनै हालतमा पनि पास हुँदैन’

वि.सं.२०७७ जेठ २८ बुधवार

120 

shares
NTC AD
Global IME AD

२८ जेठ, काठमाडौँ । जसरी पनि अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन्स(एमसीसी) पास गराउने वर्तमान सरकारको जर्बजस्ती ध्येयका कारण सरकार नै संकटमा पर्ने अनुमान गरिन लागिएको छ ।

एमसीसीमा प्रस्ताव गरिएको ट्रान्समिसन लाइन सम्बन्धि परियोजनालाई बजेटको अनुसूचिमा पारिएपछि संसदमै बोल्ने नेकपाका नेताहरुले समेत विरोध गर्दै आएका छन् । ‘पार्टी कार्यदलको प्रतिवेदन फुकाएर छलफल गरी निचोड निकाल्नु पर्ने बेलामा एमसीसी जर्बजस्त पास गर्न खोजिएको कारण सरकार नै दुर्घटनामा पर्ने सम्भावना बढेको नेकपाका एक वरिष्ठ नेताले बताएका छन् ।

फाइल तस्विर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय समिति बैठकद्वारा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र परराष्ट्रमन्त्ती प्रदीप ज्ञवाली रहेको ३ सदस्यीय अध्ययन कार्यदल बनाएर रिपोर्ट अन्तिम चरणमा पु¥याएकै बेला सरकारको नीति तथा कार्यक्रममा एमसीसी इंगित ट्रान्समिसन लाइन छिराइएको थियो । पार्टीमा छलफल भैरहेका बेला यसरी बुझाइएको भन्दै प्रधानमन्त्रीसँग नेताहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगो नलागेसम्म मुल्तवी रहने बताएपनि पुनः बजेट भाषणको अनुसूचिमा यसलाई राखिएको थियो ।

पार्टीका शीर्ष नेतालाई नसोधि अध्यादेश ल्याउनु, बारम्बार पार्टी बैठक धकेल्दै जानु र विधि नीति प्रक्रिया मिचिनुले पार्टी भित्र नेता र कार्यकर्ताको ठूलो पंक्ति अर्कमन्यतामा फस्दै आएको थियो । पार्टीलाई टेर्दै नटेर्ने ‘ओली प्रवृत्ति’ का रुपमा चित्रण गर्दै प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव समेतले दबाबमुलक भेटघाट समेत बढाउँदै आएका छन् ।

केही राष्ट्रघाती बुँदा शंसोधन नगरी पास गर्नै नहुने अडान लिएको एमसीसी प्रतिवेदनका दुवै धारणा (प्रदिप ज्ञवालीको फरक मत समेत) सार्वजनिक भैसकेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकटले देउवा र प्रचण्ड मिलेर एमसीसी शुरुवात गराएको बेजोड प्रचार गरेपनि प्रचण्डले कुनै हालतमा एमसीसीका राष्ट्रघाती अडान स्वीकार गर्न नसकिने बताइरहेका छन् । झलनाथ खनाल सचिवालयमा भीम रावल र देव गुरुङ संसदमा तथा लिलामणि पोखरेल, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमलकुमार खनाल लगायतका प्रभावशाली नेताहरु जनताबीच पुगेर पनि एमसीसीको विरोध गरिरहेका छन् ।

असोज महर्जनको नेतृत्वमा नागरिक संघर्ष समिति, विद्यार्थीहरुको अगुवाईमा उठेको विरोध, बुद्धिजीवीहरुको संयुक्त वक्तव्य, स्वनाम साथीसहित बाम अगुवाहरुको विरोध पनि सडकमा देखिन थालेको छ । लकडाउनको उल्लंघन गर्दै एमसीसीका विपक्षमा लहर बढेको छ । यस्तो स्थितिका बाजजुद् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गर्ने भन्दै प्रधानमन्त्री ओलिलाई उक्साइरहेको देखिन्छ । ओलि निकट केही पात्र भने एमसीसीलाई भगवानको वरदान जस्तै ठानेर प्रचार गर्न लागि परेको पनि देखिएको छ । नेकपाका एक स्थायी समिति सदस्य भन्छन् ‘एमसीसीमा जर्बजस्त गरीए ठूलो दुर्घटना हुनछ ।’ दलहरुमा एकछिन तनाब मात्र होइन मुलुकले सदाका लागि ठूलो घाउ व्यहोर्नु पर्नेछ ।

वि.सं.२०७७ जेठ २८ बुधवार १०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...