back
CTIZAN AD

एमसीसीकै कारण सरकार नै दुर्घटनामा ! मुख्य नेताहरु भन्छन् ‘कुनै हालतमा पनि पास हुँदैन’

वि.सं.२०७७ जेठ २८ बुधवार

756 

shares

२८ जेठ, काठमाडौँ । जसरी पनि अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन्स(एमसीसी) पास गराउने वर्तमान सरकारको जर्बजस्ती ध्येयका कारण सरकार नै संकटमा पर्ने अनुमान गरिन लागिएको छ ।

एमसीसीमा प्रस्ताव गरिएको ट्रान्समिसन लाइन सम्बन्धि परियोजनालाई बजेटको अनुसूचिमा पारिएपछि संसदमै बोल्ने नेकपाका नेताहरुले समेत विरोध गर्दै आएका छन् । ‘पार्टी कार्यदलको प्रतिवेदन फुकाएर छलफल गरी निचोड निकाल्नु पर्ने बेलामा एमसीसी जर्बजस्त पास गर्न खोजिएको कारण सरकार नै दुर्घटनामा पर्ने सम्भावना बढेको नेकपाका एक वरिष्ठ नेताले बताएका छन् ।

फाइल तस्विर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय समिति बैठकद्वारा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र परराष्ट्रमन्त्ती प्रदीप ज्ञवाली रहेको ३ सदस्यीय अध्ययन कार्यदल बनाएर रिपोर्ट अन्तिम चरणमा पु¥याएकै बेला सरकारको नीति तथा कार्यक्रममा एमसीसी इंगित ट्रान्समिसन लाइन छिराइएको थियो । पार्टीमा छलफल भैरहेका बेला यसरी बुझाइएको भन्दै प्रधानमन्त्रीसँग नेताहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगो नलागेसम्म मुल्तवी रहने बताएपनि पुनः बजेट भाषणको अनुसूचिमा यसलाई राखिएको थियो ।

पार्टीका शीर्ष नेतालाई नसोधि अध्यादेश ल्याउनु, बारम्बार पार्टी बैठक धकेल्दै जानु र विधि नीति प्रक्रिया मिचिनुले पार्टी भित्र नेता र कार्यकर्ताको ठूलो पंक्ति अर्कमन्यतामा फस्दै आएको थियो । पार्टीलाई टेर्दै नटेर्ने ‘ओली प्रवृत्ति’ का रुपमा चित्रण गर्दै प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव समेतले दबाबमुलक भेटघाट समेत बढाउँदै आएका छन् ।

केही राष्ट्रघाती बुँदा शंसोधन नगरी पास गर्नै नहुने अडान लिएको एमसीसी प्रतिवेदनका दुवै धारणा (प्रदिप ज्ञवालीको फरक मत समेत) सार्वजनिक भैसकेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकटले देउवा र प्रचण्ड मिलेर एमसीसी शुरुवात गराएको बेजोड प्रचार गरेपनि प्रचण्डले कुनै हालतमा एमसीसीका राष्ट्रघाती अडान स्वीकार गर्न नसकिने बताइरहेका छन् । झलनाथ खनाल सचिवालयमा भीम रावल र देव गुरुङ संसदमा तथा लिलामणि पोखरेल, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमलकुमार खनाल लगायतका प्रभावशाली नेताहरु जनताबीच पुगेर पनि एमसीसीको विरोध गरिरहेका छन् ।

असोज महर्जनको नेतृत्वमा नागरिक संघर्ष समिति, विद्यार्थीहरुको अगुवाईमा उठेको विरोध, बुद्धिजीवीहरुको संयुक्त वक्तव्य, स्वनाम साथीसहित बाम अगुवाहरुको विरोध पनि सडकमा देखिन थालेको छ । लकडाउनको उल्लंघन गर्दै एमसीसीका विपक्षमा लहर बढेको छ । यस्तो स्थितिका बाजजुद् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गर्ने भन्दै प्रधानमन्त्री ओलिलाई उक्साइरहेको देखिन्छ । ओलि निकट केही पात्र भने एमसीसीलाई भगवानको वरदान जस्तै ठानेर प्रचार गर्न लागि परेको पनि देखिएको छ । नेकपाका एक स्थायी समिति सदस्य भन्छन् ‘एमसीसीमा जर्बजस्त गरीए ठूलो दुर्घटना हुनछ ।’ दलहरुमा एकछिन तनाब मात्र होइन मुलुकले सदाका लागि ठूलो घाउ व्यहोर्नु पर्नेछ ।

वि.सं.२०७७ जेठ २८ बुधवार १०:४१ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...