back
CTIZAN AD

सांसद सरिता गिरीले दिएको अभिव्यक्ति प्रति यूवासंघको भत्र्सना

वि.सं.२०७७ जेठ २८ बुधवार

720 

shares

२८ जेठ, काठमाडौं । राष्ट्रिय यूवा संघ नेपालले संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संघले नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको भन्दै गिरीलाई स्मरण समेत गराएको छ ।

संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत समेत च्युत भएको संघले ठहगरेकोे छ ।

संघले यस्तो गैर जिम्वेवार अभिव्यत्ति दिने व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई अनुरोध गरेको छ । साथै यदि निजलाई कार्बाहिको दायरामा नल्याए संघले जस्तोसुकै कदम चाल्ने चेतवनी पनि दिएको छ ।

यस अधि सांसद गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग नभएको अभिव्यक्ति दिएर विबादमा आएकी थिईन भने मंगलबार संसदमा संबिधानको अुनुसूचि ३ को संसोधनको क्रममा छलफलमा भाग लिंदै संसदहरुले उनको सो भनाईको आलोचना गरेका थिए ।

वि.सं.२०७७ जेठ २८ बुधवार १०:५४ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...