Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

जातिय बिभेद अन्तका लागि गरौँ यी कार्यहरु



जातिय, क्षेत्रीय, लैगिंक बिभेद समाजिक कंलकभए पनि बिकसित देखि अल्पबिकसित देश सम्म आज पनि कायम छ। भर्खर अमेरिकामा काला जाति माथि पुलिस यातनाले भएको मृत्यु होस् वा नेपालको रुकुममा प्रेम सम्बन्धले निम्त्याएको संघर्षमा भएको पाँच युवाको मृत्यु र सामाजिक सद्भावनामा आएको ह्रासले प्रत्येक सभ्य मानिसको शिर निहुरिएको छ ।

नेपालले सन् 1971 मा संयुक्त राष्ट्र संघको अभिसन्धिमा अनुमोदन गरेपछि विभेदको विरूद्ध देशभीत्र गम्भीर कार्य हुँदै आएको छ । जातीय विभेद विरूद्ध नेपाल सरकारको कार्ययोजना अनुसार नै बि.स २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त देश घोषणा गरिएको थियो । नेपालको संबिधान २०७२ ले समेत जातिय समानताको कुरा गरेको छ । फेरि पनि हाम्रो समाजमा जातीय बिभेद बिभिन्न रूपमा कायम रहँदै आएको छ । सामाजिक, जातिगत विभेद नेपाली वर्तमान पुस्ताले बिरासतमा पुर्वजहरूबाट नै पाएका हुन् ।

पुर्बिय दर्शनका धार्मिक शास्त्रहरूमा कामको आधारमा छुट्टाईएका पहिचानका नामहरू (ब्राह्मण, राजन्य, बैश्य, शुद्र र म्लेच्छ) लाज घिन नभएका अविवेकी हिंसक स्वभावका अपराधी जो सामाजिक बहिष्कारका तत्कालीन पात्र थिए । म्लेच्छ बाहेक ४ जाति परष्पर एक अर्काका पुरक र सामाजिक सद्भावका पर्याय नै थिए । तरपछि समाज बिकासक्रममा शोषक र शोषित बर्गको उत्पत्ति र सामाजिक बिषमतासँगै यिनै जातिहरू बिच बिभेदको पर्खाल खडा गरेको पाइन्छ ।

राजनीतिक ब्यवस्थाका रूपहरू गण, गोत्र, कबिलातन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै बर्तमान संघीय गणतन्त्र नेपालको यात्रासम्म आउँदा राजनीतिक ब्यवस्थाले विच्छेद गर्न नसकेको वा नचाहेको जातिय विभेद लगायतका क्षेत्रीय, लैङ्गिक, आर्थिक अनेकन विभेदहरू नेपाली समाजमा आज पनि जरा गाडेर बसेको छ ।

हामीले बुझ्नु पर्ने कुरा के हो भने, जातीय बिबिधता समाज बिकास क्रममा उक्त जातिले दिएको योगदानको कदरपत्र हो र त्यो सम्मानको बिषय हो । त्यसलाई परिष्कृत गर्न उसको सभ्यता र संस्कृतिले ठूलो भूमिका खेलेको हुन्छ भने जातीय बिभेद अपराधीद्वारा संरक्षित उसको अधिकार कटौती गर्न गरिएको षड्यन्त्र र अपमानको पराकाष्ठा हो।

त्यो अपमानपूर्ण विभेद सामाजिक परिवेशमा बेरिएर हाम्रो गाउँ, शहर र समाजमा आज पनि छुवाछुत, सार्वजनिक स्थल प्रवेशमा रोक, देवालय प्रवेशमा रोक जस्ता बिभिन्न रूपमा कायम छ । त्यसलाई हटाउनु हामी सबैको कर्तव्य र आजको आवश्यकता पनि हो । वर्तमान नेपाली समाज भित्र रहेको जातीय बिभेदलाई अन्त गर्ने हो भने तत्काल सामाजिक र राजनीतिक रूपमा निम्न कार्य गर्न जरूरी छ ।

१) पहिलो कुरा देश को प्रत्येक नागरिकलाई शिक्षामा सहज पहुँच हुन जरूरी छ । साथै अन्य शिक्षाको साथमा सामाजिक सद्भावना र एकताको बिषयमा पनि पढाउन जरूरी छ ।

२) जातीय आरक्षणको नाममा सोहि जातिको समृद्ध, धनी मानि, टाठो बाठोले सेवा सुविधा लिने र जातीय बिद्धेषलाई बढावा दिदै निमुखा असली पिडितलाई अन्धकारमा राख्ने बर्तमान संस्कारको अन्त हुनै पर्दछ ।

३) हाम्रो समाजमा जातीय बिभेदको सामना शैक्षिक, आर्थिक अभावमा रहनेहरूले बढि गर्नुपरेको छ । त्यसैले राज्यले संरक्षणको अधिकार दिएर शिक्षा, स्वास्थ्य, रोजगार, र स्वरोजगारमा पहुँच सुनिश्चित गर्न सघाउन अत्यावस्यक छ ।

४) आफ्नो जातिको ऊद्धार खोज्ने तर अर्को जातिलाई देख्नै नसक्ने र अपमानित गर्ने पिडा पु¥याउर्नै पर्ने परिस्थितिको अन्त्य हुनै पर्दछ ।
सबै जातिले आफ्नो अस्तित्व, पहिचान र संस्ककृतिको रक्षा गर्न पाउनु पर्दछ जो बर्तमान संविधान प्रदत्त अधिकार पनि हो । साथै सबैलाई समान र सम्मानले हेर्ने दृष्टिकोणको बिकास र फैलाव गर्न जरूरी छ ।

५) आज हिजो कामका आधारमा गरिएको जातिय संरचना मा आमुलचुल परिवर्तन भएको छ । ब्राह्मणको छोराछोरी सात्विक र शास्त्रीय बिचार बिमुख छन् । शुद्रले आफ्नो परम्परागत काम गर्दैन गरेपनि शहरमा बसेर कपडा सिलाउने दर्जि, सुनको पसल राख्ने सुनार भाडा पसल राख्ने लोहार कहि कतै ऊपेक्षित छैन । सेना, पुलिस र शासन संचालनमा सबै जातिको सहभागिता र पहुँच छ । हिजो कृषिप्रधान समाजमा निर्वाहमुखि पारिवारिक कृषि पछि अतिरिक्त काम गर्दै आएका बिविध जातिको संरचनामा पनि ठुलो परिवर्तन भएको छ । जो समृद्ध छ, शिक्षित छ त्यहाँ बिभेद कृत्रिम वा यदाकदा अवशेषमा होला तर ब्यापक वा बास्तबिक छैन । बिभेद त्यहि बढी छ जहाँ शिक्षा, स्वास्थ्य, रोजगार पुग्न सकेको छैन र आर्थिक बिपन्नता बढी छ । त्यसैले जातीय पहिचान र संस्कृतिको संरक्षण गरौं । र जातीय बिभेदको अन्त्य गरौ । त्यही समाधान खोजौँ जहा समस्या छ ।

६) सामान्य प्रेम सम्बन्धलाई नै संसारको सबैभन्दा ठूलो कुरा ठानेर जन्म दिने बुवाआमा नातागोता र समाजको तिरस्कार गर्दै आफू खुशी गरिने अबिवेकि युवा पिंढ़ीको निर्णयले कैयन पटक समाज र परिवारले ठूलो मुल्य चुकाएका घटना हाम्रो सामु छन्।

अर्को तर्फ बाबुआमा र अभिभावकले पनि छोराछोरीको भावनाको सम्मान गर्न पनि नसक्ने, संस्कार दिन पनि नसक्ने र परिवर्तनलाई आत्मसाथ पनि नगर्दा ठूला दुर्घटना हुने गरेका छन्। यसलाई रोक्न पारिवारिक सम्मान सामाजिक समानताको संस्कारलाई जिवन्त राख्दै कुनै पनि बिभेद बिरूद्ध कार्य हुन जरूरी छ। संसारका सबै मानिसको मानव अधिकारको रक्षा गरौं । नेपाली सबै समान नागरिक हौं। सबैको कर्तव्य र अधिकार समान छ। जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्न सकारात्मक पहल गरौं ।

सूर्य बस्याल
बङ्नासकालि ६गुगाँ रेले पाल्पा
हाल : भारत प्रवास दिल्ली । प्रवासी नेपाली संघ भारत केन्द्रिय सदस्य


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा