
३० जेठ, काठमाडौँ । नेपाल, स्कटल्याण्ड र नामिबिया बिचका आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जुलाईमा हुने भनिएको ट्राइ सिरिज स्थगित भएको छ ।
कोरोना भाइरसका कारण उक्त सिरिज स्थगित गरिएको छ भनेर स्कटल्याण्ड क्रिकेट र्बोडले जनाएको छ । उक्त सिरिज आईसीसीले जुलाई ४ देखी जुलाई ११ सम्म गर्नको लागि तालिका सार्वजानिक गरेको थियो । स्कटल्याण्ड क्रिकेट र्बोडले आईसीसीसँग छलफल गरेर सिरिज अहिलेको लागि ट्राइ सिरिज स्थगित गर्ने निर्णय लिएको हो ।
सहभागि राष्ट्र र आइसीसीसित सहकार्य गरि अर्को खेल तालिका सर्वजानिक गरिने छ भनेर स्टकल्याण्ड क्रिकेट र्बोड भनेको छ ।