३० जेठ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहिबार ह्वात्तै बढेको सुनको मुल्य शुक्रबार स्थिर रहेको हो । गत आईतबार व्यवसायीहरुले आंसिक बजार खोल्ने निर्णय गरेका दिन सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय कायम भएको थियो । त्यस पछि सुस्त गतिमा बढेको सुनको मूल्य बिहिबार एक्कासी बढेर ८९ हजार ६ सय कायम भएको थियो ।
शुक्रबार चांदिको मूल्य भने १५ रुपैंयाँले घटेको छ । बिहिबार प्रति तोला ९५० रहेको चाँदीको मूल्य शुक्रबार १५ रुपैंयाँ घटेर ९३५ कायम भएको छ ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:३५ मा प्रकाशित






























