३० जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेपछि चहल पहल बढेको छ । शुक्रबार सरकारका प्रबक्ता समेत रहेका अर्थ, सूचना, सञ्चार तथा प्रबिधिमन्त्री डाक्टर यूवराज खतिवडाले पत्रकार सम्मेलन गरि जानकारी दिएको भोलिपल्ट यस्तो देखिएको हो ।
सरकारले कोरोना भाईरसको माहामारीका कारण गत चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो ।
यस अघि २४ वैशाखमा पनि सरकारले ४२ प्रकारका उद्योग तथा व्यवसायीक फर्महरुलाई चलाउन दिने निर्णय गरेको थियो । तर सवारी साधन नचल्दा सरकारले घोषणा गरे अनुसार व्यवसाय संचालन गर्न नपाएको व्यवसायीहरुको गुनासो रहँदै आएको थियो । अब भने सरकारले निजि सवारी साधनलाई पनि निस्चित मापदण्ड बनाएर संचालन गर्न दिने निर्णय गरे पछि व्यवसायीहरुलाई थप सहजता भएको छ ।
यद्यपी सरकारले गरेको यो निर्णय असार १ गतेदेखि लागू हुने बताएको बताएको छ । सरकारले गरेको यो निर्णय सर्बसाधारणले नबुझ्दा भने सास्ति पाएका छन् । शुक्रबार २ पाङग्रे सवारीमा २ जना सवार भएकाहरुले सास्ति खेप्नु पर्यो भने ट्याक्सिहरुले पनि कार्बाहिको सामना गर्नु पर्यो ।
त्यस्तै २ पाङ्ग्रे सवारीमा जोरबिजोर प्रणाली लागू हुने की नहुने भनेर प्रस्ट नहुँदा पनि मोटर साईकल चालकहरुले हैरानी खेप्नु पर्यो ।
सरकारले गरेको निर्णय अनुसार सवारी पास भएका बाहेक २ पाङ्ग्रे सवारी साधनमा १ जना मात्रै यात्रा गर्न पाईने छ भने चार पाङ्ग्रे सवारी साधनमा चालक सहित थप २ यात्रुले यात्रा गर्न पाउने छन् । तर जोर विजोर प्रणली के के मा लागू हुने भन्ने प्रष्ट छैन ।
पछिल्ला केहि दिन राजधानी लगायतका ठाउँहरुमा व्यवसाय सन्चालन गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन भैरहेका थिए । सरकारको यो निर्णयले सर्बसाधारणलाई केहि राहात दिएको छ ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार १२:५७ मा प्रकाशित



























