back

अब कान्तिमा ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

वि.सं.२०७७ जेठ ३० शुक्रवार

564 

shares
GLOBAL IME AD
NTC AD

३० जेठ, काठमाण्डौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताएका छन् । एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले बताए ।

“घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, मन्त्री ढकालले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने मन्त्री ढकालेको भनाई थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिँदै उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिन सुझाएका थिए ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी दिएका थिए । उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए । उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क रु ५० लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १३:०१ मा प्रकाशित

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी (झापा) । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था...

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

स्याङ्जा । स्याङ्जाको वालिङमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

जलेश्वर । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या...

गर्मीको महिना : मोहीको महिमा

गर्मीको महिना : मोहीको महिमा

कृषिप्रधान पेशामा पशुपालन अभिन्न अङ्ग मानिन्छ । नेपालमा आजभन्दा २०–२५...

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...