
३० जेठ, काठमाडौँ । । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । सबै भन्दा बढि संक्रमित भेटिएका देशहरुमा मध्यमा भारत चौँथो स्थानमा रहेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण भारतमा ८ हजार भन्दा बढिले आफ्नो ज्यान गुमाईसकेका छन भने करिब ३ लाख कोरोना भाइरसका संक्रमितहरु रहेका छन ।
बिहिबारमात्र भारतमा ११ हजार १ सय २८ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन भने ३ सय ९४ जनाले आफ्नो ज्यान गुमाएका छन ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।