आमा म हजुरलाई एउटा बचन दिएर जादैछु
मेरो पल्टन कलापानी क्षेत्रमा लिएर जादैछु
देशलाई मेरो आवश्यकता परेको यो बेलामा
मनको पिर व्यथा सबै मन भित्र सिएर जादैछु
लिपुलेक लिम्पियाघुरा र अनि सुस्ता हाम्रो हो
कठिन परिस्थितिमा लड्न तिखारिएर जादैछु
दुश्मनको अत्याचार कति सहनुपर्ने हो सरकार
पल पल मरेर पनि आज आफै जिएर जादैछु
सिमानामा गाडिएको जंगे पिल्लरहरू बचाउने
वीर गोर्खाली हामी नै है भनि चिनिएर जादैछु
ओम सतिया गाड्डपाड्ड२ पड्सरी, भैरहवा, रुपन्देही
वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:१८ मा प्रकाशित






























