back
CTIZAN AD

कविताः अनुहारको परिचय

वि.सं.२०७७ जेठ ३१ शनिवार

954 

shares

परिचयपत्रले बोकेको अनुहार भन्दा
केही भिन्न हुँदो रहेछ
कति अनुहारहरु ।

मात्र हाँस्नुको लुइरो बिज्ञापन काखिमा च्यापेर
त्यसै रङ्गालिरहन्छ
मान्छे हुनुको आकृति,
जहाँ देख्छौ
देखाउने र लुकाउने
दुई फरक फरक अनुहारहरू ।

जब मान्छेको साँचो अनुहारबाट
अनुहार हराउछ
तब जन्मन्छ भ्रमको सर्प
त्यसैले भ्रम पाल्नु भनेको
कुनै अनाम संकट पनि पाल्नु रहेछ ।

अनुपस्थितिमा तथानाम गर्नेहरू
अनुपस्थितिमा बदनाम गर्नेहरू
अनुपस्थितिमा काम तमाम गर्नेहरू
उपस्थितिमा खिस्स सापटी हाँसेर भन्ने गर्छन्–
‘तपाईंलाई देखेर साह्रै खुशी लाग्यो ।’

अनुहारमा पुरस्कारको माला उठाएर
गलामा तिरस्कारको भाला लगाउनेहरू
लाग्छ कहिले काहीँ
विपनाको कुरूप अनुहार भन्दा
सपनाको सुन्दर अनुहार
साह्रै घातक हुँदोरहेछ ।

जब लगाउछ घामले कालो सनग्लास,
जब लगाउछ हावाले अदृश्य
एयर माक्स,
जब लगाउछ सेतो पानीले
रेनफ्रूफ ज्याकेट,
तब छुट्टयाउन गाह्रो बन्छ
अनुहारको परिचय ।

जहाँ हावाले अक्सिजन भन्दा अफवाह बेसी बाँड्छ,
जहाँ बाटोहरूले अन्तकतै
अप्रिय गन्तव्यमा डोर्याउछ,
जहाँ नशाहरूले रगत भन्दा बेसी
ईष्र्याहरु तान्छ,
जहाँ मीठो मुस्कानहरूले
डोर्याउदै डोर्याउदै लगेर
अग्लो भीरबाट घचेडीदिन्छ
त्यसबेला अनुहार ठम्याउनु भनेको
मरेर फेरि बाँच्नुरहेछ,
हराएर कतै आफूलाई आफैले पाउनु रहेछ,
आफ्नु अनुहार आफै चिन्नु रहेछ ।

वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...